इटहरी । इटहरीमा रहेर नेपालकै गित संगित क्षेत्रमा अतुलनिय योगदान गरेका संगित साधना प्रतिष्ठान नेपालका अध्यक्ष स्वर्गीय राम धामीको स्मृति इटहरीमा श्रद्धाञ्जली सभाको आयोजना गरियो ।

गत पौष २६ गते निमोनियाका कारण जीवन गुमाएका नेपाल संगित तथा नाट्टकला प्रज्ञा प्रतिष्ठानका पुर्व प्राज्ञ सभाका सदस्य समेत रहेका धामीको स्मृतिमा संगित साधना प्रतिष्ठान नेपालको आयोजनामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।

धामीको श्रद्धाञ्जली सभामा धामीको जीवनी र गित संगितको क्षेत्रमा पुरयाएको योगदानका विषयमा चर्चा गरिएको थियो। श्रद्धाञ्जली सभामा बोल्ने बक्ताहरुले धामीले मोफसलमा रहेपनि पनि नेपालको सांगितिक क्षेत्रमा महत्वपुर्ण योगदान गरेको चर्चा गरे । श्रद्धाञ्जली सभामा संविधान सभाका सदस्य रेवतिरमण भण्डारी ,साहित्यकार मनु मञ्जील , अग्रज पत्रकार कृष्णविनोद लम्साल , संगित साधाना प्रतिष्ठान नेपालका मणी गुरुगं , राजु केसी लगायत गितकार संगितकार साहित्यकारहरुको सहभागिता रहेको थियो । धामीको स्मृतिमा धामीले गाएका गित तथा संगितवद्ध गितहरु समेत विभिन्न गायक गायिकाहरुले गाएका थिए । वि.सं.२०२३सालमा इटहरीमा जन्मीएका राम धामीले धेरै नेपाली ,थारु , भोजपुरी भाषाका गित गाउनुका साथै संगित दिएका थिए ।

 

तपाईको प्रतिक्रिया