धनकुटा  । गरिवी निवारण तथा ग्रामीण विकास कार्यक्रम पर्डेप नेपाल धनकुटाको २४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
१ नं प्रदेशसभा सदस्य एवं न्याय तथा कानुन विधायन समितिका सभापति इन्द्रमणाी पराजुलीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरिएको संस्थाका अध्यक्ष नरेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।
उक्त सभालाई सम्बोधन गर्नुहुदै गरिबी तथा ग्रामिण भेगका पिछडीएका वर्गहरुका लागि यो संस्थाले गरेको कार्यहरु उदाहरणीय रहेको प्रमुख अतिथि ईन्द्रमणी पराजुलीले बताउनु भयो ।
उक्त सभाले नरेस प्रसाद श्रेष्ठको अध्यक्षतामा ७ सदस्यिय कार्य समिति चयन गरिएको छ । उक्त समितिको उपाध्यक्षमा नैन विश्वकर्मा, महासचिवमा मिन प्रसाद सुवेदी, कोषाध्यक्षमा चन्द्रमाया थापा, सदस्यहरुमा विमला लिम्बु र धन बहादुर मिजार रहनु भएका छन् ।
सोही अवसरमा पर्णेप नेपाल धनकुटाको नवनिर्मित भवनको पनि प्रमुख अतिथि पराजुलीद्धारा समुद्दघाटन गरिएको नवगठित कार्यसमितिका माहासचिव सुवेदीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया