इटहरी । नेकपाको प्रचण्ड माधव पक्षका युवा नेता योगेश भटटराई देशको जनमत कता छ भनेर माघ ९ गते काठमाडौको कार्यक्रमले देखाएको वताएका छन ।
सुनसरीको इटहरीमा कार्यकर्ता भेटघाटलाई सम्वोधन गर्दै नेता भट्टराईले दुइ दिन अघि काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको कार्यक्रमले देशको जनमत देखाएको दावी गरेका हुन ।
स्वच्छेचारी शासनका लागि के पी ओलीले प्रतिगमन गरेको आरोप लगाउदै नेता भट्टराईले कम्न्युष्ट पाटीको सदस्य वन्ने हो भने प्रधानमन्त्रीको पाटीमा लाग्नु नर्क जानु हो भन्दै आफनो पक्षमा लाग्न आग्रह गरे ।
प्रजातान्त्रिक सरकार र संविधानको रक्षा गर्नु पर्छ भन्ने लाग्छ भने के पी ओली गुटमा जानु नहुने तर्क गरे ।
प्रधानमन्त्रीले गरेको संसद विघटन र पाटी विभाजन गर्न खोजेको प्रति कडा आक्रोश पोख्दै सम्वोधनका भट्टराईले लामो समय प्रधानमन्त्री ओलीको आलोचनामा समय खर्चिएका थिए ।
सोही कार्यक्रममा विभिन्न पाटी परित्याग गरी नेकपामा प्रवेश गर्ने राकेस मगर ,सन्दीप अधिकारी , रोहन राई प्रमोद ठाकुर कुलदिप चौधरी लगायतका ३१ जनालाई टिका लगाएका प्रमुख अतिथी भट्टराईले स्वागत गरेका थिए ।
कार्यक्रममा नेकपाकी नेता रामकुमारी चौधरी रोजिना ,सन्तोष थारु , जिल्ला अध्यक्ष योगेन्द्र मण्डल लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया