इटहरी । किराँत राई वान्तवा खिमको वार्षिक साधारण सभा तथा प्रसाद राई स्मृति साहित्य पुरस्कार वितरण कार्यक्रम सुनसरीको इटहरीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।
किराँत राई यायोख्खाका केन्द्रीय अध्यक्ष दिवस राईको प्रमुख आतिथ्यता तथा किराँत राई बान्तवा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराँतीको अध्यक्षतामा साधारण सभा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका अध्यक्ष ज्ञान किराँतीले किराँत राई वान्तवा खिमको गतिविधिहरु समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसै गरी उनले भवन निर्माणका लागि आफुहरु सक्रिय रहदै आएको समेत जानकारी गराइए ।
सो अवसरमा साहित्यकार असिम राईलाई २० हजार राशीको नगद पुरस्कार प्रदान गरियो । उनलाई मातृ भाषा र साहित्यमा महत्वपूर्ण योगदान गरेको भन्दै पुरस्कृत गरिएको छ ।
त्यसै गरी जग्गा खरिद तथा भवन निर्माण समितिकी कोषाध्यक्ष रिता राराहागं राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
साहित्यका क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाउने साहित्यकार सहित विभिन्न क्षेत्रमा योगदान गर्ने केही व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया