इटहरी । इटहरी लेडि जेसिजले एक औपाचारिक कार्यक्रमको आयोजना गरि १९औं पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ ।
इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको प्रमुख आतिथ्यता तथा इटहरी लेडि जेसिजकी वर्ष २०२० अध्यक्ष रोशना थापाको अध्यक्षतामा पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको हो ।
हाल वर्ष २०२१को लागि चयन भएका कार्यकारी उपाध्यक्षमा पुष्पा अधिकारी र सुमिता कार्की उपाध्यक्षहरु रिता राउत , सुनिता ढकाल, धनकुमारी राई , चन्द्र्रकला गुरुगं सचिव सुनिता दहाल ,सदस्य तथा पदाधिकारीहरुलाई सो समारोहमा पदभार हस्तान्तरण गरियो ।
इटहरी लेडि जेसिजकी वर्ष २०२०की अध्यक्ष रोशना थापाले वर्ष २०२१की अध्यक्ष गिता सुवेदीलाई जेसिज चेन हस्तारण गर्दै पदहस्तारण गरेकी थिइन । कार्यक्रममा वर्ष २०२०मा सम्पन्न विभिन्न कार्यक्रमका संयोजकहरुलाई पुरस्कार सहित पुर्व अध्यक्षहरुले स्थापना गरेको अर्वाडबाट विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरियो ।  सो कार्यक्रममा प्रथम पुरुष दिपक गौतम,उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेल,नेपाली काँग्रेस इटहरीका सभापती हेमकर्ण पौडेल,नेपाल जेसिजका पुर्व अध्यक्ष महेश पौडेल ,इटहरी जेसजिका अध्यक्ष प्रकास राई, इटहरी लेडि जेसिजका पुर्व अध्यक्षहरु जानुका थापा , उर्मिला कट्वाल,सिता रसाइली,मिनु न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया