रिकोभरिङ नेपालको सहयोगमा जागरण आरोग्य समूहको महिला लागूऔषध प्रयोगकर्ता क्षति न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सुनसरी जिल्लाका महिला सम्बन्धी काम गर्ने संघ सस्था ,प्रहरी र स्थानिय निकायका ब्यक्तीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालयका इनिस्पेकटर गणेश प्रसाद भट्राईले प्रहरी ,ब्यक्ती ,परिवार ,संघ सस्था सबै मिलेर अगाडी बड्नूपर्रने यसको रोकथामको लागी सबै लागि परेमा मात्र रोक्न सकिने बताउनूभयो । कार्यक्रमको सहजिकरण जागरण आरोग्य समूहकी कार्यक्रम संयोजक ममिता भण्डारीले गरेकी थिइन् । कार्यक्रममा महिला लागूऔषध प्रयोगकर्ताको क्षति न्यूनिकरण र लागूऔषध प्रयोग रोकथाम कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया