धरान । खेती नलगाएर बाँझो राखिएका जग्गाहरुमा खेती गरेर कृषकहरुलाई आर्थिक उपार्जनका लागि सहयोग पुर्याउने लगायतका उद्धेश्यहरु सहित स्थापित राष्ट्रिय खाद्य बैंक लिमिटेडले सुनसरीका कृषकहरुसंग साक्षात्कार कार्यक्रम गरेको छ ।

सुनसरीको धरानमा कृषि सम्वन्धी साथै खाद्य बैंकले गर्ने कार्यहरुका विषय केन्द्रति साक्षात्कार गरेको हो ।

कार्यक्रममा राष्ट्रिय खाद्य बैंकका कार्यकारी अध्यक्षले शंकरनाथ उप्रेतीले नेपालकै यस पकारको बैक पहिलो र एकमात्र भएको वताउदै कृषि क्षेत्रसंग जोडिएर काम गर्ने गरी दुई अरब पुँजीबाट खाद्य बैंकको सुरुवात गरेको जानकारी दिए । उनले बाझो उर्वर भूमिहरुमा खेती सुरु गरेर किसानहरुको आर्थिक उपार्जनमा सहयोग पुर्याउने लक्ष्य राखेको वताए ।

दुई प्रतिशत जनताले मात्र कृषि पेशा अंगालेको इजरायलमा कुल गा्रहस्थ उत्पादनमा ६० प्रतिसत योगदान पुर्याएउदै आएको स्मरण गर्दै बहुसंख्यक जनता कृषिमा रहेको भनिएको हाम्रो देशमा आयातमा भर्नु परिरहेको भन्दै उत्पादन बढाउनु पर्नेमा उप्रेतीले जोड दिए ।

धरानका समाजसेवी लोकेन्द्र फागो लिम्बुले नेपाल कृषि प्रधान देश भएपनि विदेशी खाद्यान्न आयात गरेर खानुपर्ने बाध्यता रहेको भन्दै अव नेपालमा अर्गानिक उत्पादनमा जोड दिदै खाद्यय बैकले आफनै देशको उत्पादन उपभोक्ताहरुको घरघरमा पुर्याउन भुमिका खेल्न’ पर्ने वताए ।

कार्यक्रममा सहभागिहरुले समय समयमा यस प्रकारका कार्यक्रमहरु हुने गरेपनि किसानका लागि केही गर्न नसकिएको भन्दै राष्ट्यि खाद्य बैंकले भने किसानको हितमा काम गर्नु पर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया