धनकुटा । धनकुटा बहुमुखी क्याम्पस धनकुटामा अब ब्याचलर अफ बिजनेस एडमिनिस्टे«शन पढाई हुने भएको छ ।
त्रिभूवन विश्वविद्यालय भन्दा ४ बर्ष जेठो धनकुटा बहुमुखि क्याम्पस धनकुटामा बीबीए पढाई सञ्चालन गर्न गत बुधबार सम्भाब्यता अध्ययनकालागि सरोकारवाला सँगको छलफल सहितको अन्र्तक्रिया सम्पन्न भएको छ ।
उक्त पढाई कार्यक्रम सञ्चालनकालागि सम्भाब्यता अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयको व्यावस्थापन संकायका सहायक डीन प्राध्यापक डाक्टर धुब्र कुमार गौतम सहितको टोली धनकुटा आउनु भएको थियो ।
२०१२ शालमा स्थापना भई २०१६ शालमा त्रिविविको आँगिक क्याम्पस धनकुटा बहुमुखि क्याम्पसमा यसै शैक्षिक सत्रदेखी बीबीए कार्यक्रम सञ्चालनकालागि क्याम्पसमा सम्भाव्यता अध्ययन टोली सहितको छलफल पछि त्रिभूवन विश्वविद्यालय अन्तरगतको बीबीए कार्यक्रम सञ्चालनकालागि सबैपक्ष तयार रहेको छलफलमा निर्णय भएको छ ।

सम्भाव्यता अध्ययन टोलीका त्रिविवि व्यवस्थापन संकायका सहायक डिन प्राडा.गौतम र प्रा.हरी अधिकारीले त्रिविविले सञ्चालन गरेका विभिन्न २४ डिप्लोमा र १२ मास्टर कार्यक्रम मध्ये बीबीए एउटा डिप्लोमा कार्यक्रम पढाई खर्च महंगो भएपनि अध्ययन पछि उत्पादित दक्ष जनशक्तिको बजार माग बढि रहेको छलफलमा प्रमुख अतिथिले जानकारी दिनुभयो ।

छलफलमा प्रदेश सभाषद् स्थानिय तहमा प्रमुख एवं विभिन्न वित्तिय संस्थाका प्रमुख, प्राध्यापक सञ्चारकमीहरुले पूर्वाञ्चलको शैक्षिक हवको रुपमा रहेको धनकुटा क्याम्पस अहिले पनि प्रदेश १को शैक्षिक हव बनाउने प्रयास गरिनुपर्नेमा जोड दिएका छन् ।

शिक्षा, मानविकि, व्यवस्थापन बीबीएस, विएस्सी सञ्चालनमा रहेको क्याम्पसका व्यवस्थापन अन्तरगतको बीबीए कार्यक्रम यसै शैक्षिक सत्रदेखि सञ्चालन गर्न पर्याप्त भौतिक संरचना एवं उच्च जनशक्ति समेत तयार रहेको धनकुटा बहुमुखि क्याम्पस धनकुटाका प्रमुख होम बहादुर बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो कार्यक्रमकालागि विद्यार्थीहरुलाई आवसिय सुविधा सहितको शिक्षा प्रदान गरिने छ ।
मुलुक आर्थिक सम्मृद्धिको बाटोमा अगाडि बढिरहेको बेला समृद्धिका अनेक बाटोमा बीबीए अध्ययन पछि बनेको जनशक्ति स्वारोजगारका सभाव्यता बढि भएका कारण प्रदेश सरकार र स्थानिय सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रमुख अतिथिले बताउनु भयो ।

तपाईको प्रतिक्रिया