धनकुटा  । निजी आवास पुनर्निर्माण सम्बन्धी समीक्षा तथा अन्तरक्रिया गोष्ठी धनकुटाको पाख्रीबास नगरपालिकामा सम्पन्न भएको छ ।
धनकुटा जिल्लामा सञ्चालन भएको निजि आवास पुनर्निर्माणको कार्यक्रम अन्र्तगत विगत २०७२ सालको भुकम्पले क्षति भएका निजि घरहरुको पुनर्निर्माणको काम आगामि बैशाख मसान्त सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
उक्त लक्ष्य अनुरुप आयोजनाको काम हाल ७० प्रतिशत सम्पन्न गरिसकिएको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यावस्थापन तथा स्थानीय पुर्वाधार धनकुटाको आयोजनामा पाख्रीबास नगरपालिकामा सम्पन्न निजी आवास पुनर्निर्माण सम्बन्धी समीक्षा तथा अन्तरक्रिया गोष्ठीको अवसरमा बोल्नुहुदै जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान व्यावस्थापन तथा स्थानीय पुर्वाधार धनकुटाका आयोजना प्रमुख थिरेन्द्र दाहालले अर्थ मन्त्रालयले समयमा निकासा नगर्दा भुक्तानिमा समस्या भएको जानकारी गराउनु भयो ।
धनकुटा जिल्लामा दुई हजार भन्दा माथिले घर निर्माण गरिसकेको भएता पनि करिब २५० जना लाभग्राहिहरुको भने अर्थ मन्त्रालयले समयमा निकासा नगर्दा भुक्तानिमा समस्या भएको आयोजनाले जनाएको छ ।
निजि आवास पुनर्निर्माणको हकमा धनकुटा जिल्लामा तीनहजार ७०६ लाभग्राहिहरु मध्ये ३४ सय लाभग्राहिहरुले मात्र सम्झौता गरि पहिलो किस्ता दिईसकिएको छ भने डिपिसि गरेपछि मात्र दोस्रो किस्ता दिने प्रचलन रहेकोले करिब २६ सय लाभग्राहिहरुलाई दोस्रो किस्ता बितरण गरिसकिएको आयोजना प्रमुख दाहालले बताउनु भयो ।
यसका साथै गुम्बाहरुको पुनर्निर्माण, स्वास्थ्य चौकि निर्माण, पुर्बाधार अन्र्तगत सडक निर्माणलगायतका कामहरु पनि जिल्लामा सञ्चालन भईरहेको आयोजना प्रमुख दाहाललले जानकारी दिनुभयो ।
सम्पन्न निजी आवास पुनर्निर्माण सम्बन्धी समीक्षा तथा अन्तरक्रिया गोष्ठीमा पाख्रिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सचिव, कार्यपालिका सदस्यलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया