मोरगं । नारी विकास संघ शाखा कार्यालय सलकपुरले एक कार्यक्रमको आयोजना गरि २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको नारी विकास संघ सलकपुरले सुन्दरहरैंचा नगरपालिका प्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न गरेको हो ।

संघकी सलकपुर शाखा अध्यक्ष शुशिला कार्कीको अध्यक्षतामा भएको साधारण सभामा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्व साथै जेष्ठनागरिक सहित २० जना भन्दा बढीलाई सम्मान गरियो ।

संघले महिला शसक्तीकरणका लागि विभिन्न किसिमका सिप मुलक तालिम , सचेतना कार्यक्रम , सरसफाई कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको साधारण सभामा कार्यपत्र प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा आगामी दिनहरुमा पनि महिला सशक्तिकरणका लागि विभिन्न किसिमका तालिम , गोष्ठी , अन्तरक्रिया लगायतका कार्यक्रमहरु आयोजना गरिने जानकारी गराइयो ।

कार्यक्रममा संघकी केन्द्रीय अध्यक्षय सिता शर्मा दाहाल , सुन्दरहरैचा नगरपालिकाकी उपाध्यक्ष धनमाया तामागं, वडा नम्बर ८का वडाध्यक्ष खेम न्यौपाने लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया