इटहरी । स्थानीय तहहरुसंग सहकार्य र समन्वयमा सहकारी क्षेत्रको प्रद्धर्वनका लागि सहज वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा एक कार्यक्रमको आयोजना गरियो ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेडको आयोजना तथा जिल्ला बहुउद्धेश्यीय सहकारी संघ लिमिटेड सुनसरीको आयोजनामा सहकारी क्षेत्रको प्रवद्र्धन स्थानीय तहसंग सहकार्य र समन्वय विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
जिल्ला बहुउद्धेश्यीय सहकारी संघ लिमिटेड सुनसरीका अध्यक्ष केदार न्यौपानेको अध्यक्षता तथा कृषि,भुमिव्यवस्था तथा सहकारी मन्त्रालय प्रदेस नम्बर १का राज्यमन्त्री राम रानामगरको प्रमुख आतिथ्यता रहेको अन्तरक्रिया कार्यक्रममा सहकारी क्षेत्र र स्थानीय तहसंग सहर्काय एवम् समन्वयका विषयमा केन्द्रीत कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।
राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्रा कुमारी थाम्सुहागंले स्थानीय आर्थिक विकासमा नेपालको सहकारी अभियान ,अभ्यास चुनौती र सम्भावाना विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन भने सुनसरी जिल्लाको सहकारी अभियानको वर्तमान अवस्था र यसको प्रवद्र्धनमा स्थानीय सरकारको भुमिका विषयक कार्यपत्र प्रदेस सहकारी रजिष्टार कार्यलयको तर्फबाट प्रस्तुत गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेडकी बरिष्ट उपाध्यक्ष ओमदेवी मल्ल ,उपाध्यक्ष रमेश पोखरेल , सञ्चालक शिव डाँगी लेखा ,अमृता सुब्बा , सुपरिवेक्षण समितिका सदस्य सोम बहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । त्यसै गरी अन्तरक्रियामा जिल्ला विभिन्नन ठाउँका रहेका सहकारीका पदाधिकारी प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया