धनकुटा । धनकुटा लेडी जेसिज बर्ष सन् २०२१ को अध्यक्षमा निर्वाचित जेसी बिसिका श्रेष्ठलाई पद हस्तान्तरण गरिएको छ ।
पुर्व मन्त्री सुनील बहादुर थापाको प्रमुख आतिथ्तामा आईतबार सम्पन्न धनकुटा लेडी जेसिजको दोश्रो पदस्थापन, पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहको अवसर पारेर नवनिर्वाचित जेसी श्रेष्ठलाई अध्यक्ष पद हस्तान्तरण गरिएको हो ।
सन् २०२० का अध्यक्ष जेसी रविना श्रेष्ठले नवनिर्वाचित सन् २०२१ का अध्यक्ष जेसी बिसिका श्रेष्ठलाई पद हस्तान्तरण तथा गोपनियताको सफत ग्रहण गराउदै पद हस्तान्तरण गर्नुभएको धनकुटा लेडी जेसिज धनकुटाले जनाएको छ ।
यसैगरी नवनिर्वाचित कार्यकारिणी उपाध्यक्षहरु जेसी विपना श्रेष्ठ र जेसी स्मिता श्रेष्ठ, लेडी जेसीज धनकुटाका उपाध्यक्षहरुमा जेसी सावित्रा राई, जेसी अमृता श्रेष्ठ, जेसी उर्मिला महर्जन, जेसी रीना श्रेष्ठलाई चयन गरिएको छ ।
धनकुटा लेडि जेसीज वर्ष २०२१ वोर्डको जनसम्पर्क अधिकारीमा जेसी धारणा श्रेष्ठ र सचिवमा सरस्वती राईलाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिनुभया ।
वर्ष २०२० मा धनकुटा लेडी जेसीजले नेवारी खाजा तालिम, स्वागत वोर्ड स्थापना कोभिड सचेतना कार्यक्रम, माक्स वनाउने तालिम, होभियो प्याथिक औषधी वितरण, घरेलु स्यानेटरी प्याड निर्माण तालिम, शुभ विवाहमा आवश्याक पर्ने माला, नरीवल र सुपारी वनाउने तालिम, मेन्दी लगाउने तालिम, सिमेण्टको गमला वनाउने तालिम र धनकुटा वजार क्षेत्रका ५ वटा मन्दिरको दशैतिहार ताका सरसफाई लगायतका विविध गतिविधीहरुको विषयमा २०२० कि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
धनकुटा लेडी जेसीजका संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठले स्थापना गरेका स्वर्गिय बुबा अम्वर बहादुर थापा स्मृति पुरस्कारले उत्कृष्ठ शाखा पदाधिकारी पुरस्कार महासचिव विशिका श्रेष्ठ र जेसी रीना श्रेष्ठलाई पुरस्कृत गर्नुभएको छ ।
अतिथिहरु राष्ट्रिय उपाध्यक्षद्धय सुनिल तिम्सीना, विमला कार्कीलाई धनकुटा जेसीजको तर्फबाट सम्मान गरिएको धनकुटा लेडी जेसिजले जनाएको छ ।
वर्ष २०२० धनकुटाका अध्यक्ष रविना श्रेष्ठ र समारोहका प्रमुख अतिथि पुर्व मन्त्री थापाले प्रशिक्षकद्धय, संस्थापक अध्यक्ष जेसी प्रमिशा श्रेष्ठ र प्रथम पुरुष मनोज श्रेष्ठलगायतलाई सम्मान पत्रले सम्मान गर्नुभएको जेसिजले जनाएको छ ।

तपाईको प्रतिक्रिया