इटहरी । कोरोना कहरका कारण वितरण हुन नसकेको गत वर्ष इटहरीमा सम्पन्न भएको ब्याडमिन्टन अम्पायार कोर्षको प्रमाण पत्र एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको छ ।

इटहरी उपमहानगरपालिकाको आयोजनामा इटहरी उपमहानगरपालिका स्तरिय अन्तर सदस्य ब्याडमिन्टन प्रतियोगिता सहित प्रमाण पत्र वितरण कार्यक्रम गरिएको हो ।

प्रतियोगिता तथा प्रमाण पत्र वितरण कार्यक्रमको सह आयोजक इटहरी ब्याडमिन्टन क्लवका अध्यक्ष मणी गुरुगंको अध्यक्षता तथा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा विजयी खेलाडीहरुलाई शिल्ड प्रमाण पत्र सहित अम्पायार कोर्ष पुरा गरेका प्रदेस नम्बर १का ३२ जना अम्पायारहरुलाई प्रमाण पत्र वितरण गरियो ।

दुई समुहमा विभाजन गरि आयोजना गरिएको प्रतियोगिता अन्तरगत समुह ए तर्फ हेम गुरुगं र उदय थापाको जोडी प्रथम , शान्त तामागं र विष्णु आर्चायको जोडी द्धितिय र कुसुम पोखरेल मगर र घनश्याम गुरुगंको जोडी तृतिय भएको थियो । त्यसै गरी समुह बि तर्फ मदन नेपाल र निरबहादुर कटुवालको जोडी प्रथम कुमार खड्का पुष्प धितालको जोडी द्धितिय प्रवेश श्रेष्ठ र शिव न्यौपानेको जोडी तृतिय भएको थियो ।

प्रतियोगिता समापन तथा अम्पायार कोर्षको प्रमाण पत्र वितरण कार्यक्रममा राष्ट्यि टिमका प्रशिक्षण छोइसोगं कुक ,राष्ट्यि प्रशिक्षक उत्तम सिंखडा , नागरिक समाज इटहरीका अध्यक्ष तथा ब्याडमिन्टन संघका विभिन्न जिल्लाका पदाधिकारीहरुको आतिथ्यता रहेको इटहरी ब्याडमिन्टन क्लवका सचिव हरि तिमल्सीनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया