इटहरी । लामो समय देखि सुनसान बनेका पुर्वी नेपालका पर्यटकीय क्षेत्रहरुमा क्रमश मानविय चहलपहल वढ्न थालेको छ ।
कोरोना कहरका कारण पर्यटकीय गतिविधिहरु नहुदा सुनसान बनेका पर्यटकीय स्थलहरु खुल्ने क्रम सुरु भएसंगै मानविय चहलपहल बढ्न थालेको हो ।
पछिल्ला केही वर्ष यता आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै आएको सुनसरीको इटहरीमा रहेको तालतलैया खुल्ला गरिएसंगै आन्तरिक पर्यटकहरु आउने क्रम सुरु भएको छ ।
खास गरी जाडो महिनामा बनभोज अन्य औपचारिक कार्यक्रमका साथै घुम्न आउने आन्तरिक तथा वाह्यको मुख्य रोजनाइमा पर्दै आएको प्रदेस नम्बर १को एक प्रख्यात पर्यटकीय क्षेत्र तालतलैयामा पर्यटकीय गतिविधि वढ्न थालेको छ ।
कोरोना सन्त्रासका कारण गत वर्षको चेत्र देखि वन्द गरिएको तालतलैया एक महिना अघिबाट खुल्ला गरिएपछि आन्तरिक तथा वाह्य पर्यटकहरु आउन थालेको तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष विरबहादुर लिम्बुले वताए ।
उनले विगतका तुलनामा आन्तरिक तथा वाह्य पर्यटकहरु कम मात्रमा आएपनि अव आउने क्रम सुरु भएकाले आफुहरु आशाबादी भएको जानकारी गराए ।
तालतलैया विकास तथा संरक्षण समितिले नेपाल सरकारले घोषणा गरेको लकडाउन सहित खुल्ला गरिनु अघि सम्म आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्न विभिन्न निर्माणका साथै सिगांर्ने काम गरेको थियो ।
तालतलैया क्षेत्र प्राकृतिक रुपमा पोखरी र बनजगंल रहेको कारण समेत आकर्षित रहेको छ भने समितिले अझ आकर्षित गर्न विभिन्न कामहरु गरेका कारण समेत पर्यटकीय गतिविधीहरु बढी रहेको आन्तरिक पर्यटकहरु वताउछन ।
तालतलैया क्षेत्रमा जाडो मौषममा ठुलो संख्यामा वनभोज खान टाढाटाढा देखि मानिसहरु आउने गरेका छन ।
जल परी , मोटरवोट , डुगां सयर , घोडचढी देखि बाल उद्यान , प्राकृतिक वनजंगल , साना ठुला ताल पोखरीहरु , धेरै प्रजातीका चरा, पुतलीहरुले आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरेको छ ।
तालतलैयालाई प्रदेस नम्बर १कै नमुना पर्यटकीय क्षेत्र वनाउन प्रदेस सरकारले समेत सहयोग गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया