इटहरी । कोरोना कहरका कारण सुस्ताएको फिल्मी क्षेत्रलाई सक्रिय बनाउन लागि परेको नेपाल चलचित्रकर्मी महासंघ प्रदेस नम्बर १ले सुनसरीको इटहरीमा बनभोज कार्यक्रमको आयोजना गरि कलाकारहरुलाई भेला गरेको छ ।

लामो समय देखि कोरोनाका सन्त्रासका कारण फिल्मी गतिविधि तथा हल सञ्चालन नहुदा सुस्ताइ रहेको फिल्म क्षेत्रलाई सक्रिय वनाउदै पहिले कै अवस्थामा पुर्याउने उद्धेश्यले बनभोज कार्यक्रम आयोजना गरिएको हो ।

पछिल्लो समयकी चर्चित निर्देशक दिपा श्री निरौलाको प्रमुख आतिथ्यता तथा नेपाल चलचित्रकर्मी महासंघ प्रदेस नम्बर १का अध्यक्ष अरुण प्रधानको अध्यक्षतामा भएको बनभोज सहित भेलामा प्रदेस नम्बर १का विभिन्न स्थानका कलाकार ,गितकार , गायकहरु, सगिंतकार ,फिल्म निर्माता निर्देशकहरुको सहभागिता रहेको थियो ।

अग्रज कलाकारहरु खेम नेपाली , रामा मण्डल,हेमन्त बुढाथोकी , भिम लामा , प्रकास सुब्बा , रेखा फागो ,सुमित खड्का, दिनेश कोइराला लगायतको उपस्थिती रहेको थियो ।

त्यसै गरी मौथली ,भोजपुरी , थारु , राजवंशी ,लिम्बु भाषाका चलचित्र , म्युजिक भिडियो , गितका सर्जक , निर्माता निर्देशक , कलाकार गायकहरुको समेत उल्लेखिय सहभागिता रहेको थियो । सो कार्यक्रममा अग्रज तथा नव प्रवेशी कलाकारहरुले गित , नृत्य सहित क्यारिकेचर समेत प्रस्तुत गरेका थिए ।

((

तपाईको प्रतिक्रिया