इटहरी १ आँपगाछीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

ट्राफिक प्रहरी पोष्ट तरहराका हवल्दार भुवन बिकका अनुसार इटहरीबाट धरानतर्फ जाँदै गरेको को ३२ प ६७१६ नम्बरको मोटरसाइकल र धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रकबीच एक आपसमा ठक्कर हुँदा एकजनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक धरान १० का ३० वर्षीय विक्रम चेमजोङ रहेका छन् ।

त्यस्तै, मोटरसाइकलमा सवार धरान १० कै साइल तुलाधर रहेका छन् । घाइतेको इटहरीस्थित एक अस्पतालमा उपचार भैरहेको छ भने मृतकलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पठाइएको छ ।

ट्रक चालक धरान ५ बस्ने ४३ वर्षीय अमर बहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया