इटहरी । वितग ९ महिना देखि वन्द रहेका चलचित्र हलहरु खुलेपनि एक महिना हुन लाग्दा पनि पुर्वी नेपालका चलचित्र हलहरुले दर्शक पाउन सकिरहेका छैनन ।

कोरोनाका कारण गत वर्षको चैत्र देखि वन्द रहेका चलचित्र हलहरु गत पुस महिनाको दोस्रो साताबाट सञ्चालनमा आएपनि दर्शकहरु फिल्म हेर्न हल सम्म न्युन संख्यामा मात्र आएका देखिन्छ ।

लामो समय देखि चलचित्र हलहरु वन्द रहेर खुल्ला गरिपनि आसातित रुपमा दर्शकहरु हलमा नआएको प्रदेस नम्बर १ नेपाल चलचित्रकर्मी महासंघका अध्यक्ष अरुणकुमार प्रधान वताउछन । लामो समयपछि हल खुले पनि दर्शहरु हलमा नआइरहेको तर्फ मध्यनजर गरेर महासंघकै पहलमा चलचित्र हलकै शुल्क लिएर कलाकारहरु दर्शकहरु कहाँ टिकट विक्री गर्न पुग्न थालेको प्रधानले सुनाए । केही समय सम्म दर्शकहरुलाई आकर्षण गर्न यस्तो अभियान सञ्चालन गरिएपनि विस्तारै दर्शक हल आउने वातावरण वन्ने आफुहरुले विश्वास लिएको समेत प्रधानले जानकारी दिए ।
कोरोनाका कारण चलचित्र क्ष्ोत्र सुस्ताई रहेको तर्फ मध्यनजर गर्र्र्दै नेपाल चलचित्रकर्मी महासंघ प्रदेस नम्बर १ले नयाँ रिलिज भएका फिल्महरुका टिकटहरु लिएर दर्शकहरुलाई बोलाउन जानु परिरहेको छ । यसै समयमा दर्शक आकर्षण गर्ने उद्धेश्य सहित इटहरीमा रहेको इलाइट चलचित्र हलमा शिव श्रेष्ठको प्रस्तुति रहेको एउटा यस्तो प्रेम कहानी नामक चलचित्रको प्रोमोसनका लागि शिव श्रेष्ठ सहित चलचित्रका केही कलाकारहरु सहभागी भएका थिए ।

आफनो समय अभियन रहेको चलचित्र जोखिम कै अवस्थामा निर्माण गरेर चलचित्र क्षेत्रलाई सक्रिय वनाउन रिलिज गरिएको अग्रज कलाकार शिव श्रेष्ठले वताए ।
चलचित्र निर्माण तथा प्रर्दशन नहुदा फिल्म हल समेत प्रभावित भएपनि सरकारी तर्फबाट कुनै किसिमको सहयोग नभएको सुनसरीको झुम्कामा म्याजिक थ्रिडी चलचित्र हल सञ्चालन गर्दै आएका कलाकार परशुराम चौधरीले वताए । सरकारले चलचित्र क्षेत्रलाई पहिलेको अवस्थामा ल्याउन व्याज छुट देखि दर्शकहरुलाई हल सम्म सुरक्षित रुपमा जाने वतारण वनाउन सहयोग गर्नु पर्नेमा जोड दिए ।
दर्शकहरु फिल्म हल सञ्चालनमा आएको जानकारी नपाएका कारण समेत चलचित्र हलहरु सम्म नगएरहेको समयमा दर्शक आकर्षण गर्न कलाकार तथा चलचित्र हल सञ्चालकहरु समेत सक्रिय हुन थालेका छन ।

तपाईको प्रतिक्रिया