इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा श्रीलंका १ सय ३५ रनमा अलआउट भएको छ । गल्लेमा बिहीवार पहिले ब्याटिङ गरेको श्रीलंका १ सय ३५ रनमा अलआउट भएको हो ।

श्रीलंकाका कप्तान दिनेश चण्डीमालले सर्वाधिक २८ रन जोड्दा एन्जेलो म्याथ्युजले २७ रन बनाए । यस्तै, डसुन सनकाले २३, कुशल परेराले २० र हसरंगा डी सिल्भाले १९ रन बनाए ।

इंग्ल्यान्डका डम बेसले सर्वाधिक ५ विकेट लिए । स्टुवार्ड बोर्डले ३ विकेट लिए । घरेलु टिमसँगको दुई खेलको टेस्ट सिरिजका लागि इंग्ल्यान्ड श्रीलंकामा रहेको छ ।

दुई टिमबीचको दोस्रो टेस्ट २२ जनवरीमा शुरु हुनेछ ।

तपाईको प्रतिक्रिया