इटहरी । महिलाहरुलाई यौन तथा प्रज्जनन स्वास्थ्य सम्वन्धी पहुँच बढाउने उद्धेश्यले सुनसरीको इटहरीमा दुई दिने तालिम आयोजना गरिएको छ ।

महिला सहयोगी समुह इटहरीले आस्था नामक गैरसरकारी संस्थासंगको समन्वयमा महिलाहरुलाई यौन तथा प्रज्जनन स्वास्थ्य सम्वन्धी जानकारी गराएर स्वास्थ्य रहन सहयोग पुगोस भन्ने उद्धेश्यले तालिमको आयोजना गरेको हो ।

तालिममा आस्था संस्थाकी मौषमी राईले सहजिकरण गर्दै यौन तथा प्रज्जनन स्वास्थ्यका विषयमा जानकारी गराइएकी थिइन ।

महिलाहरुको यौन तथा प्रज्जनन स्वास्थ्यमा आउने समस्या र समाधानका लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका विषय साथै स्वास्थ्य संस्थामा उपचारका लागि जानु पर्ने विषयवस्तुमा केन्द्रीत भएर राईले सहजिकरण गरेकी थिइन । महिला स्वास्थ्यका लागि जोखिमपुर्ण स्वास्थ्य समस्याका रुपमा देखा पर्ने यौन तथा प्रज्जनन स्वास्थ्यका विषयमा महिलाहरुलाई नै जानकारी गराएर स्वास्थ्य सुरक्षाका लागि आफै सचेत वनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको महिला सहयोगी समुह इटहरीकी कायकारी निर्देशक विमला मल्ल ठकुरीले जानकारी दिइन । दुई दिने तालिमका ५० जना महिलाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया