धनकुटा । विपन्नसँग अध्यक्ष कार्यक्रम मार्फत बढ्दै गईरहेको जाडोलाई मध्यनजर गर्दै शहिदभुमिमा विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरणका लागि विद्यालय प्रशासनलाई स्वीटर हस्तान्तरण गरेको छ ।
जिल्लाको सहिदभुमि गाँउपालिकामा विपन्नसंग अध्यक्ष कार्यक्रम मार्फत शहिदभुमि गाँउपालिका भित्र अध्ययनरत बालबालिकाहरुकालागि गाँउपालिका भित्र रहेका प्रधानध्यापक तथा विधालय व्यवस्थापन समितिका प्रमुख तथा प्रतिनिधहरुलाई न्यानो स्वीटर हस्तान्तरण गरेको हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत बालबिकास देखि कक्षा ३ सम्मका सबै विधार्थिलाई चिसो मौसममा चिसो बाट सुरक्षित राख्नुका साथै जाडोका कारण पढाई छोड्ने अवस्थाको अन्त्य गर्दै पढाईमा निरन्तरता दिनकालागि स्वीटर वितरण गरेको गाउँपालिका अध्यक्ष मनोज राइले बताउनु भयो ।
उहाँका अनुसार गाँउपालिकाको विपन्नसंग अध्यक्ष कार्यक्रम मार्फत आर्थिक वर्ष २०७७ ।०७८को ५ लाख बजेट बाट १ हजार २ सय ७१ थान स्वीटर खरीद गरी गाँउपालिका भित्र रहेका ३९ वटा विद्यालयका १ हजार २ सय ७१ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएकोे छ ।
भने हस्तान्तरण गरिएको स्वीटर विद्यालयले एक हप्ताभित्र बाडि सक्ने छ ।
छुटेका ४ वटा विद्यालयलाई पनि चाडै स्वीटर हस्तान्तरण गरीने गाँउपालिकाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया