धनकुटा । धनकुटामा राष्ट्रिय बीमा संस्थानकाे शाखा कार्यालय उद्घाटन बीमाकाे क्षेत्रमा विश्वासनीय नाम भन्ने नाराका साथ   राष्ट्रिय विमा संस्थानकाे शाखा कार्यालय धनकुटामा उद्घाटन गरिएकाे हो  । राष्ट्रिय विमा संस्थानकाे प्रशासक कवि प्रसाद पाठककाे प्रमुख अतिथ्यता एवं धनकुटा नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष जंगबहादुर राईकाे आतिथ्यतामा शाखा कार्यालय विधिवत रूपमा उद्घाट्न गरिएकाे हाे । यस संस्थानले गत मंसिर महिनादेखि सेवा प्रदान गर्दै आईरहेकाे भएता पनि विधिवत रूपमा आज उद्घाटन गरिएकाे  राष्ट्रिय बीमा संस्थान धनकुटा शाखा प्रबन्धक सुविज्ञ रेग्मीले जानकारी दिनुभयाे । शाखा कार्यालय उद्घाटनकाे अवसर पारेर राष्ट्रिय बीमा संस्थानका विमितहरूलाई ङसंस्थानका प्रशासक पाठकले बीमालेख सम्बन्धी निर्देशन दिदै बीमालेख वितरण गर्नु भएकाे छ । उद्घाटन समाराेहमा जिल्लाका वित्तिय शाखा प्रबन्धक, संस्थानका अभिकर्ता, विमितहरू, पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया