इटहरी । रक्तदान कार्यक्रमहरु जाडो महिनामा कम हुने हुदाँ मानव उपचारका लागि आवश्यक पर्ने रगत अभाव हुन थालेको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा रक्तदान कार्यक्रम गरिएको छ ।
मानव उपचारका लागि आवश्यक पर्ने रगत व्यवस्थापन देखि अन्य मानवीय सेवाका क्षेत्रमा सक्रिय नेपाल रेडक्रस सोसाइटी इटहरीको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मानव उपचारका लागि आवश्यक पर्ने रगत अभाव भई रहेको तर्फ मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको गरिएको इटहरी रेडक्रसका सभापति विमल पौडेलले जानकारी दिए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमसंग समन्वय गरेर रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा प्रहरी तथा अन्य मानिसहरुले समेत रक्तदान गरेको समेत पौडेलले वताए ।
पुर्वी तराईमा जाडोको समयमा अन्य समय भन्दा कम मात्र रक्तदान कार्यक्रम हुने गरेको हरेक वर्ष आकस्मीक रक्तदान कार्यक्रम गरिदै आएको छ ।
नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानमा जम्मा हुने रगत मध्ये ४० प्रतिसत इटहरी क्षेत्रबाट मात्र संकलन हुने गरेको भएपनि हाल इटहरीमा समेत रक्तदान कार्यक्रमहरु कम हुदाँ रगत अभाव हुन थालेको हो ।
मानव उपचारका लागि आवश्यक पर्ने रगत संकलनमा सहयोग पुगोस भनेर नेपाल रेडक्रस सोसाइटीले आह्वान गरेको रक्तदान कार्यक्रममा समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रहरीहरु साथै अन्यले समेत रक्तदान गरेको इलाका प्रहरी कार्यालय इटहरीमा प्रमुख प्रहरी नायव उपरिक्षक अर्जुन केसीले वताए ।
यस क्षेत्रमा जाडोको मौषममा विगतमा समेत रक्तदान कार्यक्रमहरु कम हुने गरेको छ ।
मुख्य गरी मंसिर अन्तिम देखि माघ महिना सम्म रक्तदान कार्यक्रमहरु न्युन मात्रमा हुने गरेको छ भने यस वर्ष कोरोना कहरका कारण पनि विगत वर्ष झै रक्तदान कार्यक्रमहरु समेत संघ संस्थाहरुले गरेका छैनन ।

तपाईको प्रतिक्रिया