धनकुटा । २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अबसरमा साँगुरीगढी फेदी एकीकरण मार्ग पदयात्रा कार्यक्रम २०७७ सम्पन्न गरिएको छ ।
ऐतिहासिक तथा प्राकृतिक श्रोतको पहिचान, समृद्ध धनकुटाको लागि हाम्रो अभियान भन्ने नाराका साथ आज धनकुटाको पर्यटकीय क्षेत्र साँगुरीगढी गाउँपालिको साँगुरीगढी धारापानी देखि फेदी सम्म पदयात्रा सम्पन्न गरेको हो ।
पुर्वी पृतना हेडक्वाटर, ईटहरी, नम्वर २ बाहिनी अड्डा, हिले, बरखगण सल्लेरी धनकुटाको आयोजना एवंम धनकुटा नगरपालिका, साँगुरीगढी गाउँपालिका, भेडेटार होटल ब्यावसायी संघ, माछापुछ्रे बैक लिमिटेडको सहआयोजनामा नेपाल भ्रमण बर्षको अबसर पारेर अघिल्लो बर्ष समेत सेनाले ऐतिहासिक गढीहरुको पहिचान संरक्षण र त्यस क्षेत्रमा पर्यटकिय गतिविधी बढाउँन पदयात्रा आयोजना गरेको थियो ।
अहिले पनि ऐतिहासिक तथा प्राकृतिक स्रोतको पहिचान गरि ओझेलमा परेका ऐतिहासिक क्षेत्रको प्रचारका लागि सेनाले पदयात्रा आयोजना गरेको जनाईको छ ।
नेपालको एकीकरणको दौरानमा फुस्रे, चिउरीबास, साँगुरीगढी, फेदी, टेकुनाला, धनकुटा, बेलहरा, उत्तरपानी, हिले, पाख्रिबासलगायतका स्थानहरमा पुग्न प्रयोग भएका मार्गहरु हुन यिनै मार्गहरुलाई जिवित राख्न र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई जिल्लामा भित्राउनकालागि पैदल यात्राको सुरुवात गरिएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजङ्ग याख्खाले जानकारी दिनुभयो ।
विसं १७७९ पुस २७ गते जन्मिनु भएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका ससाना राज्यलाई एकीकरण गर्न सफलता हासिल गर्नु भएको थियो । उहाँले टुक्रिएका बाईसे र चौविसे राज्यहरुलाई एकिकरण गरेका बखत हिडेको बाटोको सम्झना स्वरुप दिवस धनकुटामा विविध कार्यक्रम गरि मनाउने गरिएको छ ।
उक्त पद यात्रामा बरखगणका गणपति प्रमुख सेनानी भगवान थापा मगर, नम्वर २ बाहिनिका बाहिनी पति सहायक रथि चाेक बहादुर ढकाल, पृर्वी पृतनाका पृतनापति उपरथि सन्ताेष कुमार ढकाल,साथै पर्यटन व्यावसायी, रेडक्रसकर्मी, सुरक्षाकर्मी, होटल व्यावसायी, जनप्रतिनिधी,  लगायतकाे  सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया