पछिल्लो समय पुर्वी नेपालका झापा मोरङ सुनसरीमा नेपालको राष्ट्रिय झण्डाको मागमा बृद्धि हुन थालेको छ । पुर्वा नेपाल अधिकासं जिल्लामा राजावादि तथा बिभिन्न अभियानका अभियान्ताहरुले नेपालको राष्ट्रिय झण्डा मुनि रहेर बिभिन्न्न कार्यक्रमहरु आयोजना गर्न थालेपछि झण्डाको माग बढेको हो । सरकारले राजनितिक क्षेत्रमा ल्याएको उत्तार चडापले कुनैपनि पाटि भन्दा माथि रहेर बिभिन्न कार्यक्रमहरु गर्दै आएका छ र यस्ता कार्यक्रमहरु नेपालको झण्डा मुनि रहेर आयोजना गर्ने गरेको हुनाले पनि नेपाली झण्डाको मागमा व्यापक बृद्धि भएको देखीन्छ । यतिमात्र नभई हाल कुनैपनि राजनितिक या अन्य संघ सस्थाहरुले कार्यक्रम आयोजना गर्दा नेपाली झण्डाको बढि प्रयोग गर्ने भएका पनि माग बढेको हो । नेपाली झण्डाको मागमा बृद्धि हुदै गएपछि झण्डा निर्माण गर्ने गार्मेन्टहरुमा नेपालको झण्डा बनाउने कामको पनि तिब्र बृद्धि भएको छ । राष्टिय झण्डाको प्रयोग हुन थालेपछि पुर्वका धेरै पसलहरुमा नेपालको राष्ट्रिय झण्डा पाइदैन । नेपालको राष्टिय झण्डाको मागमा बृद्धि भएपछि धेरै पसलहरुमा झण्डाको अभाव हुन थालेको रामु पोखरेलले बताएका छन् ।
सामान्य पसलहरुमा झण्डा थोरै मात्रामा भएपनि धेरै आवश्यक पर्दा नपाइने समस्या पर्दै आएको छ र यस्तै अवको समयमा कार्यक्रम गर्दा नेपालको गारमेन्टमा झण्डा तयार हुने हुदा अवका दिनमा झण्डा अभाव नहुने मोरङका सतिस पोखरलेले बताएका छन् ।
नेपाली झण्डाको मागमा बृद्धि भएसंगै झण्डा बनाउनेहरुलाई पनि माग अनुसारको झण्डा निर्माण गर्न समेत समस्या भएको छ जसले गर्दा रात दिन गरेर झण्डा बनाउदै आएको आर्मेन्ट सञ्चालक बताउछिन् ।
नेपालको झण्डा अत्याधि प्रयोग हुने पृथ्वी जयन्ती पुस २७ गते भएका कारण पनि पुर्वमा यसको माग बढेको हो । राष्ट, राष्ट्रियता, स्वाधीनता र अन्तराष्टिय पहिचान मुल नारासहित यो जयन्ती मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया