नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गदै आज नेपाल एकिकरण दिवस तथा २९९ औ पृथ्वी जयन्ती मनाइँदै छ । त्यस्तै सुनसरीको इटहरीमा पनि यो वर्ष केहि फरक तरिकाले यो जयन्ती मनाइएको हो । पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज इटहरी चोकमा शाहजस्तै देखिन व्यक्ति खडा गरि, महिलाहरुले पञ्चेवाजा बजाई इटहरी चोक परिक्रमा गरि यो जयन्ती मनाइएको छ । देश विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने, घुस दिने र लिने दुवै देशका शत्रु हुन्, नेपाल दुई ढुंगाबीचको तरुल हो, जाइकटक नगर्नु झिकिकटक गर्नु, खेतीयोग्य जमिनमा बस्ती नबसाउनु भन्ने दिव्योपदेशको मर्म अझै पनि उत्तिकै सान्दर्भिक रहेको पुर्व जर्नेल प्रेम सिह बस्न्यातले बताएका छन् ।

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । नेपाल एकिकरण गरेका राजा पृथ्वी नारायणको स्मरणमा २००७ साल पछि एकता दिवस मनाउन थालिएको थियो । तर ६२ र६३ को आन्दोलन पछि राष्ट्रिय एकता दिवस खारेज गरिएको छ । केही समयदेखि एकता दिवस मनाउन माग उठेपनि सरकारले कुनै निणय गर्न सकेको छैन । पृथ्वी नारायण शाहले बाइसे र चौंविसे राज्यलाई एकिकरण गरेर वृहत नेपाल बनाएका थिए । तत्कालीन समयमा पृथ्वी नारायण शाहले दिएका उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेकोले उनको दूरदर्शिताको कदरका लागि भएपनि दिवस मनाउनुपर्ने माग उठ्दै आएको छ ।

तपाईको प्रतिक्रिया