बोल्नु भन्दा अगाडि सुनौ ।
लेख्नु अगाडी सोच्न सिकौ।
निर्णय गर्नु अगाडि बुझ्न सिकौ ।
हुन सक्छ, समय अनुसार नयाँ प्रबिधि आयो होला।

सादा क्यामेराको ठाउमा रंगिन क्यामेरा अनि डिजिटल क्यामेरा आए होलान। दिनानु दिन नयाँ प्रबिधि आएका छन् ।
त्यसरी नै एउटा घर चलाउने देखि देश चलाउने तरिका फरक भयो होला । संघर्ष फरक थियो होला । ब्यक्ती फरक फरक, सोच फरक फरक,पार्टी फरक,अजेन्डा फरक, जीवन जिउने तरिका पनि फरक तर समय एउटै हुन्छ । हिमालयबाट बहेको पानीको धार समुन्द्र सम्म पुग्दा बिचमा गायब हुन्न । जन्मे देखि मृत्यु सम्म पुग्दा बिगत बर्तमान र भबिस्य सबैको हुन्छ तर समय फरक हुदैन । समय गायब हुदैन । समय सदाबहार चलिरहन्छ।
जब हाम्रो आँखाको रोगी हुन्छ अनि प्लस र माइनस को चस्मा लगाउछौ नि एउटा नजिक देख्ने अर्को टाढा देख्ने ।
तर आखाले भन्दा पनि उसले अरुले गरेको काम सानो देख्ने खराब देख्ने, अरुलाइ अज्ञानि देख्ने गर्न थाल्यो भने त्यो बैचारिक बिरामी हो । मैले भनुको तात्पर्य ब्यक्तिगत निर्णयमा समेत पारिवारिक सल्लाह गर्नुपर्ने हुन्छ भने देशको निर्णय गर्दा त एकदमै होशियार र विवेकपूर्ण ढंगले चसोच बिचार गरेरै कार्मगर्नु जरुरी हुन्छ । तर कोही ब्यक्तिले आवेशमा निर्णय गर्दा देशको इतिहास नै पराइको अगाडी ऐना फुटेझै गर्ल्याम्म फुट्न सक्छ । तसर्थ बुझेर दुरगामि निर्णय गरौ जनचाहनाको कदर गर्न सिकौ । देशको माटोको माया गर्न सिकौ । अरुको मेहनतको कदर गर्न सिकौ । राम्रो कामको प्रसंशा गर्न सिकौ । सकारात्मक सोच्न सिकौ । कहिले सोच्नु भएको छ ? जग नभए घर कसरि बलियो बन्छ ? इटा नथपे पर्खाल कसरी अग्लो बन्छ ? इतिहास नबचाए अस्तित्व कहाँ रहन्छ ?
हामीले नेपाली नाम र पहिचान पाएका छौ । अझ भनुन गोर्खाली । जुन गोर्खाली अहिलेपनि प्रख्यात नाम मात्रै होइन, देशको शान, मान र प्रतिष्ठा पनि हो । यो सबैको देन भनेको पृथ्वी नारायण शाह हो । उनले देशको सार्वभौमसत्ता,स्वाभिमान र सुरक्षा सबै हिसाबमा यो देशको एकीकरण गरे । जसले आफ्नो सम्पूर्ण समय देशको लागि खर्चे। जनताकालागि खर्चे । तर, एउटा घरमा भएको खर्चको हिसाब राख्ने हाम्रो समाज देश बनाउने राष्ट्रनिर्माताको किन लेखाजोखा राख्न सक्दैन ?
जनताको इच्छा बिपरित किना इतिहास मेटाउदै हिड्छ । किन ढाल्छ ढाल्दै हिडेको छ शाह बंशिय सालिक ?
एउटा नेताको सालिक बनाउने यो देशमा जसले राष्ट्रनिर्माताको नामो निशान किन मेटाइदै छ । के यो देश तिमिहरुको बिर्ता हो ? कि राम्रो काम गर्नु अभिशाप हो ?
टुक्रिएका राज्य जोड्नु पृथ्वीनारायण शाहले गल्ती गरेका हुन ? आफ्नो जिउ ज्यान नभनेर टुक्रिएका राज्य जोडेर सिंगो देश बनेको थियो । नेपाली भनेर गर्भ गरिन्थ्यो । तर तिमिहरुलाई गणतन्त्र चाहियो । आ आफ्नो संस्कृतिमा रमाइरहेका जनतालाई धर्मका नाममा जात जातिका नाममा एक आपसमा लडायौ । देशमा धर्म निरपेक्षता ल्यायौ । त्यतिले मात्रै पेट भरेन, । अनि यति सानो मुलुकमा संघियता लाद्यौ । जुन अहिले तिमिहरुकैलागि घाडो भइरहेको भान हुन थालेको छ । जब जब तिमिहरुले आफ्ना पूर्खाको पहिचान ,मिटाउन खोज्छौ, जव पुर्खाको अपमान गर्छौ, जब जनतालाई एक आपसमा जुधाउन खोज्छौ, तब तिमी आफै पदच्युत हुन्छौ । किन भने, सबै जनता तिम्रा कार्यकर्ता होइनन् । र उहिहरु दृष्टि बिहिन पनि छैनन् । जो तिमिहरुले बिगार गरेको टुलुटुलु हेरेर बस्नकालागि । राष्ट्रनिर्माता श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहको अपमान अब निकै भयो । अब सहेर बसिदैन । तिमिहरुको गणतन्त्र पनि हेरियो । गणतन्त्रका महाराज पनि हेरियो । अब तिमिहरुले सालिक ढाल्दा हामीले हेरेर बस्ने दिन गए । सकिन्छ आफु राम्रो काम गर सक्दैनौ अरुको बिगार नगर सरकार । पौष २७ गतेलाइ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस घोषणा गर्दा तिम्रो छरको श्री सम्पत्ति सकिने त होइन । न कसैलाई हानी नोक्सानी नै हुन्छ । न आत्तिनुस यो दिवसले तिमिहरुलाई भ्रष्टाचार गर्नबाट रोक लगाउदैन । नत तिमिहरुको मन्त्री पद खुस्किन्छ नै । किन अरुको अपहेला गर्छौ सरकार ? पौष २७ गतेलाइ सार्वजनिक बिदा घोषणा गर तिम्रै हाई हाई हुन्छ । राम्रो कार्य गर्यौ भने तिमीलार्य हाम्रो पनि साथ छ । होइन भने पितृको सराप लाग्छ । हिजो जे गर्यौ गर्यौ अब पित्तृको श्राप होइन, आशिष थाप सरकार । यसरी एउटा एउटा गरि आफ्नो पुर्खाको अस्तित्व, परम्परा, संस्कृति सक्यौ भने पितृले मात्रै होइन, याद गर, हाम्रा सन्ततिले पनि तिमी हामीलाई सराप्ने छन् । यसरी नै समाज र संस्कृतिको बिकास क्रमशः भुल्दै मेटाउदै जाने हो भने त हाम्रो रितिरिवाज परम्परा सबै सकिन्छ, संरचनाहरु ढल्दै जान्छन । संस्कार हराउदै जान्छ । आदर सम्मान हराउदै जान्छन । सानोले ठुलालाइ नमस्कार समेत गर्न भुल्ने छन । छाडापन, बिकृती र बिसङ्तिले आस्रय पाउने छ । अनि त नेपाल आमाले सराप्ने छिन् । हुनत, नेपाल आमा तिमिले यसमा चित्त दुखाउन कसरी सक्छौ ? यदि तिमीले आफ्नो कोखबाट यस्ता कुपात्रहरको जन्म दिएकि थिएनौ भने आज यो दिन देख्नु पर्थेन होला । यदि तिमिले आफ्ना सन्ततिलाई राम्रो संस्कार दिएकी थियो भने अहिले आफ्नो संस्कृति नै समास्त हुने थिएन होला । जे हुनु भइहाल्यो अब यो देश डुब्नबाट बचाउने, एकसूत्रबद्ध गर्ने र सबैलाइ मिलाउने ब्यबस्था गर्न सक्ने योद्धा तिम्रो सपुत हो भन लायक सनतानको जन्म देउ । जसले नेपाली माटोको रक्षा गरोस । नेपालीको भावना बुझेर मिलाएर राख्न सकोस । सिंगो देशलाई एक ढिक्का बनाएर बिदेशीको चंगुलबाट मुक्त गराएर जनतालाई नेपाली हुँ, गोर्खाली हुँ भनेर ठाडो शिर पारेर हिड्ने पहिचान दिलाउने सिपाहिको जन्म देउ अर्थात, फेरि एउटा पृथ्वीनारायण जन्माइ देउ । आमा देश डुब्नै लाग्यो किनार लागाई देउ ।

फेरि एउटा पृथ्वीनारायण पठाइ देउ ।
सरस्वती केसी, अधिकारी
नेतृ, राप्रपा

तपाईको प्रतिक्रिया