भारतको महाराष्ट्र प्रान्तमा रहेको अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान करिब २ बजे अस्पतालमा लागेको आगोबाट ती शिशुको मृत्यु भएको हो।

शिशुलाई विशेष रेखदेख गर्ने अस्पतालको नवनिर्मित आईसीयुमा आगलागी भएको हो। राजधानी मुम्बईदेखि करिब ९ सय किलोमिटर टाढा रहेको सो अस्पतालमा १७ जना शिशुहरू राखिएका थिए। जसमध्ये ७ जनाको सकुशल उद्धार गरिएको छ।

मृतक सबै शिशु एक महिनादेखि तीन महिनासम्मका भएको बताइएको छ।

तपाईको प्रतिक्रिया