कोरोना भाइरसबाट संक्रमित भएका मध्ये विश्वभर ६०२ जना पत्रकारको मृत्यु भएको पाइएको छ । सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा भएका मृत्युको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो । सो संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु पनि अग्रपंतिमा हुने भएकाले उनीहरुलाई कोरोना विरुद्धको खोपमा पनि प्राथमिकता दिन बताएको छ ।
प्रेस एम्ब्लेम क्याम्पेन (पीइसी) ले विश्वभर कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो । तीमध्ये आधाभन्दा बढी अर्थात् ३०३ जना ल्याटिन अमेरिकी मुलुकका परेका छन् । त्यसैगरी, एसियाका १४५ जना रहेका छन् भने युरोपका ९४ जना, उत्तर अमेरिकाका ३२ जना र अफ्रिकाका २८ जना रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
रासस–एएफपी

तपाईको प्रतिक्रिया