पथरी । नेपाली भाषी भुटानी शरणार्थीहरु तेस्रो देश पुर्नवास भए सगै उनिहरुका गतिविधिहरु झापा र मोरङका बेलडागी र शनिश्चरे शरणार्थी शिवीरमा चलायमान हुदै आएका छन् । पुर्नवास सगै उनिहरुको आर्थिक अवस्थामा सुधार आएकै कारण अहिले शिविरमा रहेका ६ हजार भन्दा वढी शरणर्थीहरुलाई उनिहरुले आर्थिक सहयोग गरि विभिन्न क्षेत्रका गतिविधिमा संलग्नता गराउदै आएका छन् । जसको एउटा उदाहरण हो ५औ अन्र्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप जुन आगमाी माघ २ गते बाट १५ गते सम्म संचालन हुन गइरहेको छ । शनिश्चरे शिविरमा रहेका नेपालीभाषी भूटानी शरणार्थी सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टरले प्रतियोगिताको आयोजना गर्न लागेको हो । यस अघिका ३ संस्करणहरु झापाको बेलडाँगीमा र १ संस्करण पथरी शनिश्चरेमा आयोजना भएको थियो । विगतका संस्करणमा, अन्तराष्टिय क्लबहरुको समेत सहभागीतामा आयोजना हुने गरेको प्रतियोगीता यस वर्ष भने कोभिड १९ का कारण देशका विभिन्न क्लबको सहभागीतामा आयोजना गर्न लागिएको पत्रकार भेटघाट कार्यक्रममा बताइएको छ । सेक्टर आई परिवारको मुख्य प्रायोजनमा आयोजना हुन गईरहेको प्रतियोगीतामा देशका विभिन्न १४ वटा क्वबको सहभागीता रहने छ । प्रतियोगीताको विजेताले १ लाख १ हजार रुपैँया र उपविजेताले ५१ हजार रुपैँया नगद प्राप्त गर्नेछ । प्रतियोगीताको आयोजनाका लागी तेस्रो मुलुक पुर्नवासमा रहेको सेक्टर आई परिवार अमेरीकाले मुख्य प्रायोजन गरेको छ । त्यस्तै इन्टरनेशनल वेलफेयर एण्ड सर्पोट अमेरीका, गौतम इरी इन्स्योरेन्स्, इन्टरनेशनल होम केयर, अमेरीकेयर हेल्थ सर्भिस यूएसए र सिएमसि फ्यान्स क्लबको सहयोग रहेको प्रतियोगीता संयोजक राम कुमार वानियाँले बताउनु भयो । लागुऔषध दुर्वश्यनीबाट युवा जगतलाई जोगाउने र खेलको माध्यमबाट शरणार्थी शिवर र शिवर बाहिरका खेलाडी र खेल प्रेमीहरु विचमा भातृत्व जगाउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक समितीका करण राईले बताउनु भयो । प्रतियोगीताका सम्पूणर् खेलहरु पथरीशनिश्चरे १० मा रहेको पथरी शनिश्चरे रंगशालामा आयोजना हुनेछ । प्रतियोगीतामा काकड्भिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, पथरीशनिश्चरे फुटबल क्लब पथरी, विन्द्यावासिनी फुटबल क्लब विराटनगर, बि.वाई.सि बेलडाँगी, एफ.एफ.सी धरान, बेलबारी फुटबल क्लब, योङ् ब्रदर फुटबल क्लब, नवोदय फुटबल क्लब पथरीशनिश्चरे, उर्लाबारी फुटबल क्लब, धरान सिटी एकेडेमी फुटबल क्लब धरान, फ्यान्स क्लब (विआरसी), लेटाङ फुटबल क्लब र आयोजक थ्ँऋ को २ वटा टिमको सहभागीता रहने छ । लागुऔषध दुर्वश्यनीबाट युवा जगतलाई जोगाउने र खेलको माध्यमबाट शरणार्थी शिवर र शिवर बाहिरका खेलाडी र खेल प्रेमीहरु विचमा भातृत्व जगाउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक समितीका करण राईले बताउनु भयो । पत्रकार भेटघाटको क्रममा बोल्दै सो रंगशाला निर्माण समितीका अध्यक्ष गणेश थक्लुङ्ले रङ्गशाला निर्माण पश्चात प्रतियोगिताको तयारी गरिरहेको अवस्थामा यस प्रतियोगिताले रङ्गशालाको प्रचारप्रसार र स्थानिय खेलाडी प्रवद्धर्नमा टेवा पुग्ने बताउनु भयो।

तपाईको प्रतिक्रिया