कोरोना त्रासकाका कारण स्थकित भएको खेलकुदका कार्यक्रमहरूले अब निरन्तराता पाउने भएको छ । सुनसरीको इटहरीमा आगामि पुस २२ गते देखि टि(२० कृकेट प्रतियोगिता हुने भएको छ ।

इटहरी वार्ड नं ६ अन्तरगत क्रिकेट टिमले आयोजना गर्ने उक्त क्रिकेटमा प्रदेश एकको सुनसरी , मोरङ र झापाबाट १० वटा टिमको सहभागिता हुने जनाइएको छ । कोरोनाको भय रहिरहदा अन्तराष्ट्रीय सुरक्षा मापदण्ड अपनाइ खेल सुरू गरिने इटहरी वार्ड नं ६ अन्तरगत क्रिकेट टिमका संयोजक आशिष कार्किले बताए ।

इटहरीको जनता मावी खेल मैदानमा हुने क्रिकेटको बिजयी टिमलाइ रू ३० हजार नगद र मेडल प्रदान गरिने छ भने उपबिजेतालाइ रू १५ हजार नगद साथै मेडल प्रदान गरिनेछ । खेल आइ सि सिको नियम अनुसार सञ्चालन हुने जनाइएको छ ।

स्वास्थ्यका लागि खेलकुद मुलनारा सहित खेलको माध्यमबाट दक्ष खेलाडी उत्पादन गर्ने उदेश्यका साथ क्रिकेट सुरू गर्न लागिएको संयोजक कार्किको भनाइ छ ।

तपाईको प्रतिक्रिया