काठमाडौं । पुरुषहरुको नजर ‘तिखो’ र ‘कर्के’ खालको हुन्छ भने महिलाको नजर ‘नहेरे झैँ’ र ‘साइम्बोलिक’ हुन्छ। आज हामी पुरुषले महिलालाई हेर्ने नजरको बारेमा कुरा गर्दैछौ ।

जब एक पुरुषको एक महिलासंग जम्काभेट हुन्छ उसको पहिलो नजर महिलाको कुन अंगमा पर्ला रु धेरै महिलाको अनुमान फेल खान सक्छ। पुरुषको पहिलो नजर महिलाको छात्ती पर्छ भन्ने धेरै महिलालाई लाग्दो हो। तर, होइन। पछिल्लो एक सर्वेक्षणले देखाए अनुसार पुरुषको पहिलो नजर महिलाको आँखामा पर्छ ।

अन्तराष्ट्रिय स्तरमा गरिएको एक सर्वेक्षणको अनुसार आँखापछि पुरुषहरुको नजर उनको मुस्कानमा केन्द्रित हुन्छ । त्यसपछि मात्रै पुरुषको नजर अन्त मोडिन्छ । सर्वेक्षणको नतिजा अनुसार ७० प्रतिशत पुरुषको पहिलो नजर आँखामा पर्छ । ७० प्रतिशत पुरुषले पहिलो भेटमा महिलाको आँखामा सबैभन्दा पहिला हेर्छन् ।

ब्रिटेनको आई ड्रप नामको संस्थाले २ हजार मानिसमा यो सर्वे गरेको थियो । जसमा १ हजार महिला र १ हजार पुरुष सामेल थिए । यिनीहरुलाई जब पहिलो पटक ‘अपोजिट सेक्स’को मानिसहरुसँग भेट हुन्छ तव कुन अंगमा पहिलो नजर जान्छ भनेर सोधिएको थियो । जसमा ७० प्रतिशतले पहिलो नजर आँखामा, दोस्रोमा मुस्कान र तेस्रोमा महिलाको छात्तीमा जाने बताए ।

सर्वेको अनुुसार पुरुषको केहि ध्यान महिलाहरुको तौल र हेयर डिजाइनमा पनि जाने पाइएको थियो । यि सबैमा नजर परिसकेपछि पुरुषहरुलाई यदि ति महिला मनपरेमा मात्र उनीहरुको नजर ड्रेस सेन्स र उचाईमा जान्छ ।

सर्वेको अनुसार पुरुषहरुले महिलाहरुको नाकलाई सबैभन्दा कम महत्व दिएको पाइयो । मतलब पुरुषहरुले महिलाको नाकलाई सबैभन्दा अन्तिममा हेर्छन् । तर महिलाहरुले पुरुषहरुको उचाईलाई पहिलो प्राथमिकता दिन्छन् । महिलाहरु पुरुषहरुको छालाको रंगमा पनि ध्यान दिँदैनन् ।

स्मरण होस् महिलाको आँखा, मुस्कान, ओठ, छात्ती, कपाल, निधार, गाला, नितम्ब, हिप, कम्मर, बोल्ने/ हिड्ने शैलीमा पुरुषहरु आकर्षित हुन्छन्।

तपाईको प्रतिक्रिया