नेकपा प्रचण्ड-नेपाल समूहले काठमाडौंमा क्षेत्रीय भेला गरिरहेको छ ।

१४ गते देशव्यापी प्रदर्शनको कार्यक्रम रहेकाले जिल्ला भेला छिटै गरिएको केन्द्रीय सदस्य तथा जिल्ला सचिव हिमाल शर्माले जानकारी दिए ।

उनका अनुसार आज ७ नम्बर क्षेत्रको भेला बालाजुमा भइरहेको छ। त्यस्तै  ४ नम्बर क्षेत्रको गौशालामा, ३ नम्बरको जोरपाटीमा, २ नम्बर क्षेत्रको साँखुमा, छ र क्षेत्र नम्बर, ८, १० भेला पनि आज हुँदै छ ।

५ र  ९ नम्बर क्षेत्रको भेला भने हिजै सम्पन्न भइसकेको शर्माले जानकारी दिए । प्रचण्ड-नेपाल समूहले आज जिल्ला भेलाहरु गर्ने कार्यक्रम निर्धारण गरेको छ । सो समूहले सडक संघर्षका कार्यक्रमको घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया