प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्तावमा दलको नेताबाट पनि उहाँलाई हटाउन प्रस्ताव गरिएको छ ।  प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहेको सार्वजनिक भएको छ ।

९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन् । ३७ जनाले हस्ताक्षर गरेसँगै मुख्यमन्त्री राईले दलको नेतामा पनि स्पष्ट ढंगले बहुमत गुमाउनु भएको छ ।

अविश्वासको प्रस्तावमा अबको मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ । उक्त प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहनु भएको छ । प्रदेशसभामा अन्य दलहरु नेपाली काँग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ जना सदस्य छन् ।

तपाईको प्रतिक्रिया