राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको वीरगंजमा पुत्ला दहन गरिएको छ।

वीरगंजको घण्टाघरमा भएको विरोध कार्यक्रममा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरु सहभागी थिए।

जसपाका कार्यकर्ताहरुले प्रतिनिधिसभा विघटन गरेको भनेदै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका थिए। पुतला दहन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले हस्तक्षेप गरेको थियो। त्यसक्रममा जसपा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी भएको थियो।

संसद विघटनको प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदम भएको संज्ञा दिदै जसपाले देशव्यापी पूर्व निर्धारित कार्यक्रम अन्तर्गत पुत्ला दहनको कार्यक्रम आज थियो।

जसपा पर्साका संयोजक रामनरेश यादवको अगुवाईमा भएको कार्यक्रममा वीरगंजका मेयर विजयकुमार सरावगी,प्रदेश सांसद रमेश कुर्मी,महासचिव राजेशमान सिंह,निजामुद्दीन समानी,जिल्ला सचिव तबरेज अहमदलगयातको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया