काठमाडौं / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको हो।

मुख्यमन्त्री विरुद्ध नेकपाका सांसदहरुले प्रदेशसभा सचिवालय पुगेर बिहान ११ः२५ मा हस्ताक्षरसहितको प्रस्ताव दर्ता गराएका हुन् । त्यसअघि सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए ।

आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका छन् ।

बागमती प्रदेशमा ११० जना सांसद छन्। तीमध्ये ८० जना नेकपाका हुन्। १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ ।

तपाईको प्रतिक्रिया