काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरीरहेका छन् । बैठक निर्धारित समयभन्दा २ घण्टा ढिलागरी बैठक सुरु भएको हो।

बैठकमा पूर्वमाओवादी निकट मानिएका नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएपनि नेता रामबहादुर थापा ‘बादल’ भने सहभागी भएनन् ।

अहिलेसम्म कुनै पक्षमा नदेखिएका अर्का स्थायी कमिटी सदस्य हरिबोल गजुरेल भने मंगलबार दाहाल-नेपाल समूहले बोलाएको बैठकमा जाने भएका छन् ।

आजको बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबै नेताहरुलाई कारबाही गरी नयाँ सदस्य थप्ने छ।

तपाईको प्रतिक्रिया