दुलहीलाई दुलाहाका साथीले नाँच्न कर गरे । दुलही मानिन् । उनीहरुले दुलहीलाई तानेर नचाउन लगे । दुलही असन्तुष्ट भइन् । आफूमाथि र्दुव्यवहार भएको भन्दै विवाह गर्न मानिन् ।
यो घटना भारतको उत्तर प्रदेशको हो । टाइम्स अफ इन्डियाका अनुसार दुलाहा बरैली जिल्लाका हुन् भने दुलही कन्नौजकी हुन् । दुवै स्नातक गरेका हुन् । शुक्रबार भएको घटनापछि दुवै पक्षबीच तनाव भएको थियो । दुलही पक्षले दाइजोको मुद्दा समेत हालेको छ ।
दुलाहा पक्षले सम्झाएर सामान्य तरिकाले विवाह गर्न भन्दा पनि दुलही मानिन् । उनको परिवारले पनि साथ दियो । यसरी विवाह नै रद्द भयो ।