हास्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने तयारीमा रहेको बताएका छन् ।
केही वर्षअघि गजुरेलले पूर्वपत्नी मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए । उनले आफ्नो २२ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याएका थिए ।
उनले कोसँग बिहे गर्ने भन्ने पक्का भइसकेको र व्यवहारिक कुरा मिलाउन बाँकी रहेको बताएका छन् ।