इटहरी । मुलुकमा स्थापित लोकतान्त्रिक गणतन्त्रले जनताको जिवनस्तर उकास्न नसकेको र देशलाइ टुक्राएर बिभाजन गरेको भन्दै बिभिन्न जिल्लाहरूमा अहिले राजसंस्थाको पक्षमा ‘राजा आउँ देश बचाउँ’ जस्ता नाराहरू लगाउदै सडकमा नाराजुलुस चलिरहेको छ ।

राजनीतिक बिवादले जनतामा छाएको निरासापनको फाइदा उठाउदै देशमा पुनःराजसंस्था स्थापना गर्ने उद्देस्यले हाल बिभिन्न जिल्लामा आन्दोलन शुरू भएको छ । काठमाण्डौबाट शुरू भएको आन्दोलन अहिले पश्चिमको धनगढी, नेपालगंज, हुँदै प्रदेश एकको धरान, बिराटनगर, इटहरी र झापा सम्म आइपुगेको छ ।

कोरोना भाइरसको महामारी बिच सरकारले भिडभाड हुने कुनै कार्यक्रम नगर्न दिएको आदेश बिपरित हुलका हुल राजावादीहरूले मोटरसाइकल र्याली र नारा जुलुस गर्दै आएका छन ।

दैनिक जसो राजसंस्था पुनःस्थापना गर्ने उद्देश्यका साथ भइरहेको नारावाजी र र्यालीलाइ कसले नेतृत्व गरिरहेको छ, अहिले चासोको बिषय पनि बनेको छ । सुरक्षा निकायमा रहेका माथिल्लो अधिकृत देखि राजनीतिकर्मी र आम नागरीकहरूमा पनि आन्दोलनको नेतृत्व कसले गरेको भन्ने कौतुहलता जागेको छ ।

बाहिरी रूपमा देशभक्त नेपालीको ब्यानरमा आन्दोलन भएको देखिए पनि भित्रि रूपमा शिव सेना नेपाल र राप्रपाको नाम पनि चर्चामा रहेको छ । यद्यपि आन्दोलन कसको नेतृत्वमा भइरहेको हो, खुलिसकेको भने छैन ।

अन्य स्थानमा भएको आन्दोलनमा देशभक्त नेपाली र शिव सेना नेपालको चर्चा चुलिए पनि प्रदेश एकमा भने कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले नेतृत्व गर्दै आएको छ । लामो समयदेखि राजसंस्था पुनस्र्थापना र हिन्दुराष्ट्रको पक्षमा वकालत गर्दै आएको राप्रपाले राजसंस्था पुनस्र्थापनालाइ मुख्य एजेण्डा बनाएको जानकारहरू बताउँछन ।

देशवासीको मागलाइ सम्बोधन गर्न वा राजनीतिक द्वन्दबाट मुक्ति दिलाउन समुन्नत राष्ट्र निर्माण र हिन्दु राष्ट्र स्थापनाका लागि राजसंस्था आवश्यक रहेको राप्रपाका केन्द्रीय सदस्य रामु पोख्रेलको भनाई छ ।

उनका अनुसार शनिबार एकैदिन प्रदेश एकको झापा सहित चितवन र काठमाण्डौमा बिशाल मोटरसाइकल र्यालीको आयोजना गरिएको र र्यालीले देशमा पुनःराजसंस्था स्थापनाको लागि मुख्य भुमिका निर्वाह गर्ने बताए ।

क –कसको डिजाइनमा आन्दोलन ?

प्रदेश एक लगायत देशको बिभिन्न भागमा राजसंस्था ब्युताउने गरी भइरहेको आन्दोलनमा राप्रपाको नाम चर्चामा आएपनि एक्लैको प्रयासमा आन्दोलन नभएको जानकारहरुको दाबी छ ।

राजावादीकै श्रोतका अनुसार राजतन्त्र रहेको बेला राजाबाट प्रत्यक्ष रूपमा फाइदा लिएका एक समुहले अहिले यो आन्दोलन शुरू गरेको जनाएको छ । राजसंस्था हुदा प्रत्यक्ष फाइदा लिएका शिव सेना नेपालका केन्द्रीय अध्यक्ष बसन्तविक्रम पाण्डे उनका सहयोगि प्रकाश राणा, र पारस शाहको निकट मानिएका अनिल बस्नेत लगायतले आन्दोलन शुरू गरेको उनीहरुको भनाइ छ ।

यहि समुहले केहि महिना अघि सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको बारेमा जानकारी समेत गराएको थियो ।मध्यरातमा पम्प्लेट छर्ने देखि, नाराको स्लोगन तयार पार्ने र ‘राजा आउ देश बचाउ’ अभियान नै यहि समुहबाट सञ्चालन हुदै आएको बताइएको छ ।

मौकामा दाउ छोप्दै राप्रपा 

राप्रपा यहि आन्दोलनको मौका छोप्दै राजावादीहरूको कार्यक्रममा सरिक हुन पुगेको छ । दोश्रो संबिधान सभाको निर्वाचनमा चौथो ठुलो दल बने पनि मुलुकमा केही गर्न नसकेको राप्रपा यो पटक राजावादीहरूको आन्दोलनमा समर्थन जनाउदै राजसंस्था पुनःस्र्थापना र हिन्दु राष्ट्र कायम गराउने पक्षमा उभिएको छ ।

स्थानीय निर्वाचनमा नमिठो हार बेहोरेको राप्रपाले राजावादीको आन्दोलनमा युवा शक्तिको उपस्थितिलाइ देखेर आफ्नो राजनीतिक वाण चलाउने प्रयास थालेका बुद्धिजिवीहरु बताउँछन । पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले देशभर रहेका कार्यकता तथा पार्टीका जिल्ला प्रमुखहरूलाइ स्वयम उपस्थिति भइ आन्दोलनमा सहभागि हुन अनुरोध समेत गरेका थिए ।

शनिबार इटहरीमा भेला भएका राप्रपाका समर्थकहरूले पूर्व राजा ज्ञानेन्द्र शाहको प्रतिमालाइ गाडिमा चढाइ बिर्तामोड सम्म पूर्याएका थिए भने बिर्तामोड देखि हजारौको संख्यामा मोटरसाइकल र्याली गरेका थिए ।

धमिलो पानीमा माछा मार्ने सपना :राजनीतिक बिश्लेषक खतिवडा

राजावादीहरूको आन्दोलनलाइ धमिलो पानीमा माछा मार्ने सपना संग तुलना गर्छन, राजनीतिक बिश्लेसक डम्बर खतिवडा । देशमा बिद्यमान राजनीतिक संकट र जनतामा छाएको निरासापनको फाइदा उठाउदै केहि समुह राजसंस्थाको पक्षमा उभिनु स्वभाविक रहेको उनको भनाई छ ।

तर यसले फलदायी निर्णय दिन नसक्ने खतिवडाले बताए । उनले भने, ‘राजतन्त्रको अन्त्य पश्चात पनि त्यसको पक्षमा वकालत गर्नु त्यो स्वभाविक हो, अहिलेकाे राजनीतिक माहाेलले नै जनता निरास भएर याे बाटाे राेज्नु परेकाे  बिश्लेषक खतिवडाकाे भनाइ छ । उनले थप्दै भने ‘आन्दोलनले गणतन्त्रलाइ त्यस्तो अफ्ठेरो भने पर्दैन, तर आन्दोलनलाइ शिर्ष दलले सामान्य मान्दै गए भने चै भोलिको दिनमा अफ्ठेरो स्थितिको सामना गर्नुपर्ने हुन्छ ।’

नारावाजी र र्यालीमा हुने सम्भावित घटनालाइ मध्यनजर गर्दै प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले मुख्य जिल्लाका शहरहरूमा सुरक्षा स्थितिलाइ बढाइ बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ ।

शनिबार झापामा भएको बृहत मोटरसाइकल र्यालीलाइ मध्यनजर गर्दै प्रदेश एक प्रहरी कार्यालयले तिनै तहको सुरक्षा संयन्त्रलाइ परिचालन गरी सुरक्षा ब्यवस्था कडा बनाएको थियो ।

तपाईको प्रतिक्रिया