इटहरी , पछिल्लो सयमा नेपालको विभिन्न स्थानमा निर्माण अघि वढाइएको रेल परियोजनाले अहिले सवै नेपालीलाइ उत्साहित वनाएको छ । तर रेलवेकालागी व्यत्तिको जग्गा रोक्का गरेर परियोजनाको काम अगाडि नवढ्दा सुनसरीका सयौ व्यत्ति अन्यौलमा परेका छन् । नेपालमानै छुक्छुके रेलमा सयर गर्ने सपना देखेका इटहरी १२ का स्थानीको अहिले दिनको भोक र रातको निद्रा हराएको छ । सुनसरी,मोरङ्क र झापाको हजारौ घर परिवारको जग्गा केहि महिना देखि रोक्का गरिदिएको छ । मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण गर्न काँकरभिट्टा इटहरी इनरुवा खण्डमा करिब सात सय बिघा जग्गा अधिग्रहण गर्ने भन्दै नेपाल सरकारको रेलवे विभागले रोक्का गरेको छ । जिन्दिगि भर दुख गरेर अर्जेको एक कठ्ठा जग्गा र घर अहिले सरकारले रोक्का गरेको छ । आफुहरु विकास विरोधी नभएको भन्दै सरकारले जग्गा मुल्याकङ्खन निर्धारण नगर्दा अन्यौनमा परेको इटहरी १२ खनारका स्थानीय हरुको गुनासो छ ।
परियोजनाको निर्माणमा जग्गा अधिग्रहणमा परेका घरपरिवारका सदस्यलाइ विभागले प्राथमिक्ताका आधारमा रोजगारी दिनु पर्ने र न्याय व्यवस्थापन तथा मुआव्जा समिति गठन गरी जग्गाको उचित मुल्याकन गर्नु पर्ने पलह तथा सरोकार समितिका अध्यक्ष शुसिलकुमार शाहले बताउनु भएको छ ।
पुर्व पश्चिम रेलवे अन्तरगत इनरुवा काँकडभिट्टा रेलवेको १ सय ६ किलोमिटर निर्माणको ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको छ । तर पनी जग्गा मुल्यकान निर्धारन नहुदा पिडितहरुले एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राइलाइ ज्ञापनपत्र समेत वुझाएका छन् । रेलवे परियोजनाकालागी झापामा ३ सय ३७ बिघा, मोरङमा २ सय ३१ बिघा १० कट्ठा र सुनसरीमा १ सय ४ बिघा १८ कट्ठा जग्गा अधिग्रहणमा पर्ने रेलवे विभागले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया