इटहरी । कोभिड १९को विश्वव्यापी महामारीले गर्दा कतिपय खेलकुद प्रतियोगिताहरु अझैपनि आयोजना हुन नसकिरहेको राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव केशव कुमार विष्टले वताएका छन ।

सुनसरीको इटहरीमा अहमदिया संघ नेपालले आयोजना गरेको मुस्रर टि २० क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै पुर्व सदस्य सचिव विष्टले कोभिडका कारण नेपाली खेलकुद क्षेत्र समेत प्रभावित वन्दै आएको वताएका हुन ।

इटहरी विभिन्न खेलका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने ठाउँ भएको भन्दै इटहरीमा मुलुकै सवै भन्दा बढी खेलकुदका इभेन्ट हुने रगंशाला निर्माण भएको विष्टले जानकारी दिए । उनले एकै पटक १५ इभेन्टका खेलकुद प्रयोगिताका आयोजना गर्न सकिने इटहरीमा रगंशाला निर्माण भएको भएपनि क्रिकेटका लागि मैदान अभाव भइरहेको र त्यसका लागि समेत आफुले पहल गरी रहेको जानकारी गराए ।

अहमदिया संघका केन्द्रीय उपाध्यक्ष मोहमद स्माइलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पुर्व क्रिकेटर विजय केसी , इटहरी उपमहानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष्क्ष भुपेन्द्र बराल ,अहमदिया संघ सुनसरी मोरगं प्रमुख नईम अहमद लगायतले वोलेका थिए । भने कार्यक्रममा राष्ट्रिय जागृती क्लवका पुर्व अध्यक्ष सञ्जीव ढुगाना लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सुनसरी जिल्लाका विभिन्न १४ टिमले प्रतिपस्र्धा गर्ने जनाइएको छ । कोरोना कहरलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा अपनाउदै प्रयोगिता सञ्चालन गरिएको छ । उद्घाटन खेलमा खनार क्रिकेट क्लव र सोनापुर क्रिकेट क्लव विच भएको थियो ।

तपाईको प्रतिक्रिया