इटहरी । अपागंता भएका सुनसरीका दस जना मानिसहरुलाई रोटरी क्लव अफ इटहरीले सहयोगी सामाग्री ह्वीलचेयर वितरण गरेको छ ।
सामाजिक सेवाका क्षेत्रमा सक्रिय योगदान गर्दै आएको रोटरी क्लव अफ इटहरीले अपागं महिला चेलीवेटी समजका सात जना , बराहक्षेत्र ९ प्रकाशपुरका दुइ जना र इटहरी ५ जनता बस्तीका एक जनालाई ह्वीलचेयर वितरण गरिएको हो ।
रोटरी क्लव डिष्ट्रीक ३२९२ सर्भिस प्रोजेक्ट अन्र्तगत आएको सहयोगबाट अपागंता भएकाहरुलाई सहयोगी सामाग्री ह्वीलचेयर वितरण गरिएको रोटरी क्लव अफ इटहरीकी अध्यक्ष विजुबैनी श्रेष्ठले जानकारी दिइन । अपागं महिला चेलीवेटी समजकी अध्यक्ष लक्ष्मी घिमीरेको संयोजनमा समजमा आवद्ध सात जनालाई ह्वीलचेयर वितरण गरिएको समेत अध्यक्ष श्रेष्ठले वताइन ।
ह्वीलचेयर वितरण कार्यक्रममा रोटरी क्लव अफ इटहरीका सचिव डिसी चौधरी ,पुर्व अध्यक्ष लक्ष्मी कुमारी थेबे , दिपेेेन्द्र गौतम रोटरियन विमल पराजुली , राधा चौधरी , सुमन श्रेष्ठ लगायताको सहभागितामा वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया