इटहरी । माछा पालन गर्ने सुनसरीका  किसानहरुले सरकारले उपलव्ब्ध गराउने अनुदान बास्तविक किसानले अझै पाउन नसकिरहेको गुनासो गरेका छन ।
सुनसरीको रामधुनी नगरपालिका ६मा सात जना युवाहरुले संयुक्त रुपमा सञ्चालन गर्दै आएको टिम अफ ट्रष्ट बहुउद्धेशिय कृषि फार्मका सञ्चालकले वास्तविक किसानहरुले अहिले पनि सहज रुपमा अनुदान पाउन नसकिरहेको गुनासो गरेका हुन ।
दुइ विघा क्षेत्रफलमा माछा पालनका लागि पोखरी खनाएर माछा पालन गर्दै आएको सो फर्मका सञ्चालक लोकवहादुर तामागंले सरकारले वास्तविक माछा पालक किसानहरुलाई अनुदान दिने हो भने भारतीय माछाहरु विस्थापीत गर्न सकिने वताउछन । सरकारले वास्तविक किसानहरुलाई अनुदान दिने हो भने लागत घटेर भारतीय क्षेत्रबाट आउने माछाहरुसंग प्रतिस्पर्धा गर्न सकिने समेत तामागंको बुझाइ रहेको छ ।
माछा पालन गर्ने किसानहरुलाई ऋण लिन समेत सहज नभएको कारण पनि किसानहरु मारमा परेको गुनासो गर्दछन । पोखरी रहेको जग्गा राखेर ऋण लिन समेत  अप्ठ्यारो हुने गरेको किसानहरु सुनाउछन । पोखरी खनेको ठाउँको मुल्याँकन कम गरिदा समेत किसानहरु मारमा पर्दै आएको वताछन ।
पुर्वी नेपालका बजारहरुमा छिमेकी मुलुक भारतबाट ठुलो परिमाणमा माछाहरु भित्रने गरेको छ ।

तपाईको प्रतिक्रिया