इटहरी/ इटहरी उपमहानगरपालिका मा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । इटहरीको बिकासको ठुलो योजना अन्तर्गत इटहरी वडा न ९ मा १५ शैयाको अस्पताल निर्माण गरिने भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोमबार अक्त अस्पतालको शिलान्यास गरेका छन् ।
जम्मा लगानि १८ करोड ६८ लाख २ हजार मा निर्माण सम्पन्न गरिने अस्पताल सुबिधा सम्पन्न रहने कुरा इटहरी उपमहानगरपालिका प्रमुख द्धारीकलाल चौधरीले जानकारी दिएका छन् । पछिल्लो समय इटहरीमा ठुलो अस्पताल नभएको अवस्थामा यो अस्पताले इटहरीको बिकास तथा बिस्तारमा थप सघाउ पुर्याउने कुरामा आफु बिश्बस्त भएको इटहरीका मेयर चौधरीले जानकारी दिएका छन् ।
त्यस्तै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इटहरी बिकासको हिसाबले अगाडि बढिरहेको अबस्थामा यो अस्पताल निर्माणले थप सघाउ पुर्याउने कुरा बताएका छन् । यो अस्पताल निर्माणका लागी लामो समय नलगाउने र चाडो भन्दा चाडो बिरामिले सुबिधा पाउने कुरा आम इटहरी बासिलाई जानकारी दिएका छन् ।
दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने भनिएका ३९६ वटा आधारभूत अस्पतालहरुमध्ये प्रदेश नं १ मा ८६ वटा बन्दैछ ।
देशभर एकैपटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरिएको छ । ग्रामिण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु¥याउन सरकारले स्वास्थ्य संस्था नभएका ६४९ वटा स्थानीय तहमध्ये पहिलो चरणमा ५, १० र १५ शैय्याका ३९६ वटा आधारभूत अस्पतालको शिलाल्यास गर्न गरेको हो ।

तपाईको प्रतिक्रिया