इटहरी । संविधानले लैंगिक अल्पसंख्यकहरूको हक अधिकार समेटने प्रयास स्वरूप कानुन बनाएपनि कार्यानवयन पक्ष फितलो भएपछि समाजमा लैंगिक हिंसा कायमै रहेको एक कार्यक्रममा बताइएको छ ।
इटहरीस्थित युवा बिकास केन्द्रमा लिइडर एकेडेमि र सानडियगो युनिभर्सिटि क्यालोफोनिया द्धारा आयोजित यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको बिषयमा स्थानीय सरकार र सरोकारवालाहरूसंगको छलफल कार्यक्रममा उपस्थित बक्ताहरूले यस्तो धारणा राखेका हुन ।
कानुनले लैंगिक बिभेद गरे आवस्यक दण्ड जरिवाना र जेल सजाय तोकेपनि कार्यानवयन पक्ष फितलो बनिदिदा समाजमा अझैपनि यौनिक अल्पसंख्यकहरू समस्यामा परेको कार्यक्रममा उपस्थित अल्पसंख्यकहरूले बताएका छन ।
पटक पटकको दबाब पछि समाजमा थोरै सुधार आएपनि ग्रामिण क्षेत्रमा अझै अल्पसंख्यकहरूलाइ हेर्ने दृष्टिकोण पुरानै रहेको र केहिले आत्महत्याको बाटो समेत रोज्नु परेको परियोजना प्रमुख बिवेक मगरले बताए ।
उनले पटक पटकको दबाब पछि नागरिकताको फर्म परिवर्तन भए जस्तै जन्मदर्ताको फर्म पनि परिवर्तन हुनुपृने बताए ।
त्यस्तै लैंगिक अल्प संख्यकहरूकै हक अधिकारको बिषयमा काम गर्दै आएका सामाजिक अभियान्ता सुमन तामाङले पनि सञ्चारमाध्यमहरूको कारण अहिले समाजमा लुकेर रहेका अल्पसंख्यकहरू अहिले खुलेरै अघाडी आउन थालिसकेको र उनिहरूलाइ हेर्ने दृष्टिकोण शहरी क्षेत्रमा सुधार भएपनि ग्रामिण भेगमा भने अझै समस्या ज्युका त्यु रहेको बताए ।
कार्यक्रममा उपस्थित इटहरी उपमहानगरकि सामाजिक बिकास शाखा अधिकिृत सुशिला कार्किले समाजमा रहेका अल्पसंख्यकहरूको अवस्थालाइ हेरेर अहिले स्थानीय सरकारले बार्षिक बजेट बिनियोजन गर्ने गरेको बताइन । फलस्वरूप इटहरी उपमहानगरले पनि उपमहानगर क्षेत्रमा रहेका अल्पसंख्यकहरूको अवस्थालाइ मध्यनजर गर्दै थोरै भएपनि बजेट बिनियोजन गरी उनिहरूलाइ आत्मनिर्भर बनाउने प्रयासरत लागिपरेको बताइन ।
युवा बिकास केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा शैक्षिक क्षेत्रमा आवद्ध ब्याक्तित्वहरू , राजनीतिक दलका प्रतिनिधि , तथा सम्बन्धित सरोकारवालाहरूको समेत उपस्थिति रहेको थीयो ।

तपाईको प्रतिक्रिया