इटहरी / इटहरी हलगडामा जागरण आरोज्ञय समुह (ACT Nepal ) को कार्यालय संचालनमा आएको छ । विशेष गरि महिला     लागूऔषध  प्रयोगकर्ताको क्षति न्यूनीकरण  तथा विशेष गरि महिलाहरुलाई लागूऔषध दुर्ब्यसनिबाट रोक्न र महिला लागूऔषध  प्रयोगकर्ताहरुका लागि आवश्यक परामर्श सेवा प्रधान गर्ने यस सस्थाको उद्देश्य रहेको जागरण आरोज्ञय समुह (ACT Nepal ) को कार्यालयका संचालक  सन्जिब राइले जानकारी दिनुभयो ।
लागूऔषध  प्रयोगकर्ताको क्षति न्यूनीकरण कार्यक्रम  रिकभरिङ नेपालको सहयोगमा सन्चालन हुने भएको छ । विशेष गरि महिला लागूऔषध  प्रयोगकर्ताहरु पुरुष प्रयोगकर्ताको तुलनामा बढी जोखिममा हरेको  र उनिहरुलाई ती जोखिमबाट  जोगाउन र आवश्यक परामर्श    वा  महिला लागू औषध प्रयोगकर्ता ले कुनै सहयोग वा परामर्श आवश्यक परेमा जागरण आरोज्ञय समुहमा वा जागरण आरोज्ञय (ACT Nepal ) को कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया