इटहरी / कोभिड–१९ ले नेपालमा पर्यटन क्षेत्रमा निकै नकारात्मक प्रभाव पारेको छ । यो बेला पर्यटककर्मीहरु अनेक उपायमार्फत पर्यटन उत्थानमा लागिपरेका छन् । त्यसैक्रममा आन्तरीक तथा बाह्रय पर्यटकलाई आकर्षित गर्न एउटा समूहले ‘नेपाल साइकल यात्रा’ गरेका छन् । २०२० मा स्थापना भएको तरहरा साइकिल्ङ गृपले १५६ किलोमिटरको यात्रा तय गरेको छ । यस गृपले आज सुनसरीको तरहरा देखि गुफा पोखरी सम्मको यात्रा सम्पन्न गरेको छ । पछिल्लो समय मानव शरिरको लागी साइकल यात्रा स्वास्थ्य रहेकाले मानव शरीरलाई स्वास्थ्य राख्न साइलक उपयुक्त साधन रहेकाले पनि यस्तो यात्रा सञ्चालन गरेको यस गृपका अध्यक्ष शिव रुमाली राइले जानकारी दिएका छन् । साइकल यात्रा मानव शरीरलाई स्र्फुद राख्ने मात्र हैन पर्यटकलाई आकर्षण गर्न समेत महत्वपुर्ण भुमिका खेल्ने गरेको छ । पछिल्लो समयमा नेपालमा बाहिरबाट आउने पर्यटकको दर हेर्ने हो भने शुन्य जस्तै भएको छ । यसलाई चलाएमान बनाउन पनि साइकल यात्रा महत्वपुर्ण रहेको छ । जसरी इटहरीको यो गृपले यसरी यात्रा गरीरहेको छ यसका लागी स्थानिय सरकारले पनि यसका लागी एउटा ठोस निर्णय निकालेर सहयोग गर्न आवश्यक रहेको छ ।

तपाईको प्रतिक्रिया