इटहरी , बजारमा पाइने धेरै प्रकारको चामलको प्याकेटमा पानवारीको धान लेखिएको हुन्छ । उपभोत्त झुक्याउन लेखिएको पानवारीको वारेमा धेरैलाइ थाहा नहुन सक्छ । निकै स्वादिष्ट मानिने सुनसरीको उत्तरी क्षेत्र पानवारीमा फल्ने धानवाट स्वादिष्ट चामल निस्कने गर्दछ । तर यस वर्ष निक्कै कम धान फले पछि यहाका किसान चिन्तित वनेका छन् मिठो स्वाद र वास्नायुत्त चामलकालागी प्रसिद्ध सुनसरीको पानवारीको धान उपभोत्ताको पहिलो रोजाइमा पर्ने गर्द छ । चिसो हावापानी र सिचाइको व्यवस्थाका कारण राम्रो उत्पानन हुने क्षेत्रमा यस वर्ष धान कम उत्पान भएपछि किसानहरु चिन्तित वनेका छन् ।
कोरोना माहामारीका विच भएको वन्दावन्दीका कारण समयमै कृषकले मल विउँ नपाउँदा पानवारी मंसुली चालम उत्पादनका लागि प्रख्यात रहेको सुनसरीको धरान उपमहानगरपालिका स्थित पानबारीका किसानहरु निरास बनेका छन् । दुई वर्ष अघि नै सरकारले पानवारीलाई कृषि पकेट क्षेत्र घोषणा गरेको हो । तर तिनै तहका सरकारले कृषकको समस्यालाई चासो नदिएको किसानको गुनासो रहेको छ । कोरोनाको महामारीका बिचमा पनि सरकारले मल, बिउ उपलब्ध गराउन नसक्दा अन्यत्रैबाट खरिद गर्दा लागत मुल्य पनि बढेको धरान वडा वम्बर ६ पानवारीका वडा वडाअध्यक्ष भुबन वस्नेतले बताउनु भएको छ ।
मुलुक भर पानवारी मंसुलि चामल उत्पादन हुने क्षेत्रको रुपमा प्रख्यात सुनसरीको धरान उपमहानगरपालिका स्थित पानवारीको धान गत वर्ष फौजी किराको मारमा परेको थियो । यस वर्ष कोरोनाको महामारीले गर्दा आवश्यक मल बिउँ उपलब्ध नहुँदा धान उत्पादनमा कमि आए पछि पानबारीका किसान थप चिन्तित बनेका छन् ।

 

तपाईको प्रतिक्रिया