इटहरी । इटहरी क्षेत्रमा कृयाशिल लायन्स क्वलहरुले गर्दै आएको गतिविधिहरुका विषयमा छलफल सहितको वैठक लायन्स सामुदायिक भवनमा सम्पन्न भएको छ ।

लायन्स क्लव अफ इटहरी क्रिएटिभ लेडीको संयोजन रहेको बैठकमा इटहरी क्षेत्रमा क्रियाशिल रहेका ८ लायन्स क्लवहरुले सञ्चालन गरेका गतिविधिहरुका विषयमा छलफल गरिएको हो ।

लायन्स क्लव अफ इटहरी क्रिएटिभ लेडीकी जोन चेयरपर्सन निर्मला चौधरीको अध्यक्षता तथा प्रथम डिक्ष्ष्ट्रिक गर्भनर रेवत वहादुर कार्कीको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा सहभागीहरु लायन्स क्लवहरुले आफुहरुले गरेका गतिविधिका विषयमा जानकारी गराएका थिए ।

बैठकमा लायन्स क्लव अफ इटहरी ग्रिन सिटी , लायन्स क्लव अफ स्मार्ट सिटी, लायन्स क्वल अफ इटहरी एक्टीभ , लायन्स क्लव अफ इटहरी प्रोफेसन , लायन्स क्लव अफ इटहरी मनकामना ,लायन्स क्लव अफ इटहरी सेन्ट्रल , लायन्स क्लव अफ इटहरी सिटीजनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया