धनकुटा । संघिय सांसद राजेन्द्र कुमार राईले एक कार्यमका साथ भेडेटारमा निर्मित प्रवेशद्धारको उद्घाटन गर्नु भएको छ ।
साँगुरीगढी गाउँपालिका भित्रको पर्यापर्यटनलाई प्रर्वद्धन गर्नकालागि शाहसिक पर्यटनको शुरुवात र प्रवद्र्धन गर्न जरुरी रहेकोले नमस्ते झरनामा पर्यटकको स्वागतका लागि निर्माण गरिएको प्रवेश द्धार उद्घाटन गरिएको हो ।
विगत ५० बर्ष अगाडि ओझेलमा रहेको यो नमस्ते झरना व्यावस्थापन समिति गठन भएलगतै आर्कषक पर्यटकिय गन्तब्यको रूपमा विकास भईरहेको छ ।
संघिय सरकार, प्रदेश सरकार, प्रदेश नम्वर १, सामाजिक विकास मन्त्रालय, स्थानिय सरकार र तत्कालिन पर्यटन मन्त्रालय, शहरि विकास, स्थानिय, व्यावस्थापन समितिलगायतको पहल र श्रमदानलगायतको आर्थिक सहयोगमा उक्त प्रवेश द्धार सहित करिव १५० मिटर ड्रेनसहितको आरसिसि बाटोको संघिय सांसद राजेन्द्र कुमार राईले उद्घाटन गनुभएको साँगुरीगढी ६ धनकुटा झरना व्यावस्थापन समिति अध्यक्ष दिलिप लिम्बुले जानकारी दिनुभयो ।
सोहि अवसरमा बोल्नुहुदै प्रमुख अतिथि संघिय सांसद राईले सरकारको जनतालाई धनि बनाउने उद्धेश्य अनुरुप पर्यापर्यटन विकासका लागि प्रवेशद्धार निर्माण गरि अत्याधिक मात्रामा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढाई जनताको आर्थिक स्थिति माथि उठाउन लागिएको बताउनु भयो । उद्घाटनको अवसरमा नमस्ते झरना पुग्नु भएका सांसद राईले निर्माण गरिएको झरना जाने बाटोको अनुगमन गर्दै झरनाको समेत अवलोकन गर्नु भएको थियो ।
प्राकृतिक संरचना व्यावस्थापन गर्न नसके आगामि दिनमा जोखिम बढ्न सक्ने देखिएकाले पुन वजेट व्यावस्थापन गरेर पहिरो गएको स्थानका डाडाँहरुलाई व्यावस्थापन गर्न जरुरी रहेको सहभागिहरुको भनाई छ ।
उद्घाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य बहादुर भण्डारी, साँगुरीगढी गाउँपालिका उपाध्यक्ष विन्द्र राई, कार्यपालिका सदस्य बालकृष्ण राई, होटल एसोसिएशनका अध्यक्ष लिलाराज लावति, होटल व्यावसायि जितेन्द्र रूम्दालि, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया